काठमाडौं- झेलम नदीको प्राकृतिक छटामा कैद भएको पहाडी भूभाग काश्मिर साँच्चिकै अदभूत छ। नदी किनारमा उभ्मिएको काश्मिरी सहर श्रीनगर समुद्री सतहभन्दा ५ हजार ३ सय मिटरमाथि खडा छ। तर प्राकृतिक सुन्दरताका कारण काश्मिर जति शोभायमान छ, उति नै बढी आतंकका गतिविधिका कारण बदनाम पनि छ।
_x000D_
_x000D_
सन् १९४७ देखि नै काश्मिरमा विवाद सुरु भएको हो।
_x000D_
_x000D_
बेलायती उपनिवेशमा रहेको हिन्दुस्तान स्वतन्त्रता आन्दोलन १९४७ मा सफल भयो। तर त्यसले एकीकृत हिन्दुस्तानका रुपमा समेटिरहन सकेन। भारत एक रहन सकेन। भारतबाट विभाजित भएर पाकिस्तान नयाँ मूलुक बन्यो।
_x000D_
_x000D_
०००
_x000D_
_x000D_
मनोरम काश्मिरमा पनि भारत विभाजनको घाउ देखियो। घाउ अहिलेसम्म पनि बल्झिरहेको छ। काश्मिर आतंकवादी गतिविधिको निशानामा परिरहनु परेको छ। यति मात्र होइन, दुई भागमा नै विभाजित हुनै परेको छ, एउटै काश्मिरले।
_x000D_
_x000D_
तत्कालीन काश्मिरको उत्तरी र पश्चिमी भाग पाकिस्तानको अधीनमा रहेको मानिन्छ। आजाद काश्मिर, गिल्गिट र बलुचिस्थानले पाकिस्तानतिर जानु परेको छ भने दक्षिण र दक्षिण पूर्वी भागले आफूलाई भारततर्फको भन्नु परेको छ। जम्बु र काश्मिरमा भारतले शासन गर्दै आएको छ।
_x000D_
_x000D_
०००
_x000D_
_x000D_
१९७२ मा भारत र पाकिस्तानबीच सीमा अवलोकन सन्धि (लाइन अफ कन्टोल) भएको थियो। सन्धिअनुसार दुई देशको सीमा निर्धारण गर्ने बताइए पनि दुवै देश मान्न तयार छैनन्।
_x000D_
_x000D_
सन् १९४७ देखि किनारामा हुने धेरै गतिविधि तीतो अनुभव छ झेलम नदीसँग। कति पीर-व्यथा सहेको छ, त्यो कुरा आफैं खोल्दैन झेलम। तर १९४७ देखि हालसम्मको स्थितिमा धेरै उतारचढाव व्यहोरेको झेलमले अहिलेसम्म पनि कुनै राजनीतिक उपलब्धि देख्न पाएन। प्राकृतिक सौन्दर्यका कारण भारत र पाकिस्तान मात्र हैन विश्व समुदायको पनि नजर रहेको छ काश्मिरमा।
_x000D_
_x000D_
राजनीतिक जानकारहरुको मत आधार मान्ने हो भने स्वतन्त्र भारतको अस्तित्व स्वीकार गर्दा नै बेलायतले काश्मिरमा विवाद उत्पन्न गर्ने काम गरेको थियो। भविष्यमा अस्थिरता निम्त्याएर फाइदा उठाउने र त्यही माध्यमबाट आन्तरिक राजनीतिमा खेल्न सकियोस् भन्ने दुषित मनसायले बेलायतले त्यसो गरेको उनीहरुको दाबी छ।
_x000D_
_x000D_

_x000D_
_x000D_
काश्मिरमा चिनियाँ मूलका अपसंख्यक बिगर समुदायको पनि बस्ती गरेको छ। चीनको सिङजियान प्रान्तसँग सम्बन्धित करिब ३० बिगर मुस्लिम परिवार काश्मिरमा बसोबास गर्छन्। चीनबाट आएर काश्मिर बसोबास गर्ने बिगर समुदायका पहिलो पुस्ताका मानिसहरु खासै नपाईए पनि हाल त्यहाँ बसोबास गर्ने ३० परिवार दोस्रो र तेस्रो पिढीका छन्। उनीहरु मुस्लिम धर्मावलम्बी हुन्।
_x000D_
_x000D_
०००
_x000D_
_x000D_
चीनको सिङजियान प्रान्तमा अल्पसंख्यक मुस्लिम बिगर समुदायको बाहुल्यता छ। अन्तर्राष्ट्रिय स्तरमा मुस्लिम समुदायबाट आतंककारी गतिविधि सञ्चालन हुँदा चीनले पनि आफ्ना अल्पसंख्यक मुस्लिम समुदायबाट सुरक्षा खतरा आउन सक्ने आँकलन गरेको छ। केही वर्ष पहिलेदेखि नै चीनले यस्तो प्रयास गर्दै आएको छ। चीन सरकारले व्यवहारिक शिक्षा दिने नाममा करीब दस लाख बिगर समुदायलाई गैर-कानुनी रुपमा चीनका सरकारी शिबिरमा राखेको समाचार अन्तराष्ट्रिय सञ्चार माध्यमको आरोप रहँदै आएको छ।
_x000D_
_x000D_
सिङजियान प्रान्तका गर्भनर सहरत जकर आफै अल्पसंख्यक बिगर समुदायको प्रतिनिधित्व गर्छन्। राज्य नियन्त्रित समाचार माध्यमसँग बिगर समुदायलाई शिक्षा शिबिरमा राखेको उनीले स्वीकार गरिसकेका छन्। उनीहरुमाथि हुने दुर्व्यवहार उनले स्वीकार गरेका छैनन्।
_x000D_
_x000D_
_x000D_
_x000D_
विश्व राजनीतिमा चीनको बढ्दो प्रभाव रोक्न शरणार्थीका रुपमा भारतमा रहेका बिगर समुदाय प्रयोग हुन सक्ने खतरा छ। यो समुदाय आतंककारी गतिविधिमा संलग्न भएको अवस्थामा चीनको पश्चिमी भेगमा पूर्ण रुपमा आन्तरिक द्वन्द्वको स्थिति उत्पन्न हुन सक्ने कुरा विज्ञहरु बताउँछन्। शरणार्थीका रुपमा भारतमा बसोबास गर्दै आएका यी तीस बिगर परिवार काश्मिरको लेक, श्रीनगर र कार्गिल क्षेत्रमा बसोबास गर्छन्।
_x000D_
_x000D_
०००
_x000D_
_x000D_
भारत स्वतन्त्र भएको केही वर्षपछि बिगर समुदाय र तिब्बती समुदाय लगभग एकै समय अर्थात् १९५० को दशकबाट भारतमा निर्वासित जीवन बिताइरहेका छन्। तिब्बती समुदाय भारतको निर्वाचन प्रक्रियामा सहभागी हुने अवसर प्राप्त गरे पनि बिगर मुस्लिम समुदायले यो हक प्राप्त गरेका छैनन्।
_x000D_
_x000D_
बिगर समुदाय मुस्लिम नभएर अरु नै धर्म वा अन्य सम्प्रदायका हुन्थे भने उनीहरुले तिब्बती समुदायभन्दा धेरै राम्रो हैसियत भारतमा पाउने कतिपय विश्लेषकको मत छ। मुस्लिम भएकै कारण भारतले बिगर समुदायलाई राम्रो व्यवहार गर्दैन।
_x000D_
_x000D_
बेइजिङ बिगर समुदायसँग किन डराउँछ भने बिगर समुदायका करिब ३ हजार मानिस आतंकवादी संगठन आइएसआइएस, अल नुस्रा र सिरियामा खटिएका छन्। अन्तर्राष्टिय समाचार माध्यमका अनुसार उनीहरुलाई अफगानिस्तानमा तालिम दिइन्छ र तालिम पश्चात् सिरिया हुँदै इराक पुर्याइन्छन्।
_x000D_
_x000D_
पछिल्लो समय चीन सरकार अफगानिस्तानको विकासमा सहयोग गर्न लालायित हुनुसँग यो घटना एक प्रमुख कारण भएको मानिन्छ। यदि यस किसिमका सैन्य तालिम प्राप्त बिगरलाई गलत तरिकाले प्रयोग गरियो भने उनीहरु चीन सरकारका लागि टाउको दुखाईको विषय हुन सक्छन्। चीनका लागि यो दुरवस्था नआउला भन्न सकिँदैन।
_x000D_
_x000D_
०००
_x000D_
_x000D_
बिगर मुस्लिमका नेता डाँकन इसा हुन्। उनी जर्मनीमा बस्छन्। सन् २०१६ अप्रिल २८ मा भारतको मेक्लोडगञ्जमा तिब्बती समुदायले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुने बताइएको थियो। तर अन्तिम घडीमा आएर स्थगित भयो।
_x000D_
_x000D_

_x000D_
_x000D_
जर्मनीमा रहेर सिङजियान प्रान्तका बिगर समुदायको हकहितका लागि आवाज बुलन्द पार्ने इसालाई भारत भ्रमणमा प्रतिबन्ध लगाउन चीन सरकारले अनुरोध गरेपछि उनको भ्रमण स्थगित भएको थियो। हिमाञ्चल प्रदेशमा रहेको धर्मशालाको कार्यक्रमा इसा आएको भए छिमेकमा रहेको काश्मिरमा पनि जान सक्ने सम्भावना हुन्थ्यो वा हुँदैनथ्यो भन्न सकिँदैन।
_x000D_
_x000D_
चीनका बिगर समुदाय र भारतमा रहेको दोस्रो र तेस्रो पुस्ताका बिगरहरु सुन्नी मुस्लिम हुन्। भारतका बिगरलाई अमेरिका र केही युरोपेली राष्ट्रका साथै टर्कीको पनि समर्थन रहेको केही अध्ययनले दाबी गरेका छन्। तर जे भएपनि आफ्नो पुर्ख्यौली थलो सिङजियानसँग पनि त कतै न कतैबाट सम्बन्ध नहोला भन्न सकिन्न।
_x000D_
_x000D_
चीन र भारतबीचको वैमनश्यताको विषय नयाँ होइन। भारतले चिनियाँ पक्षलाई चिड्याउन तिब्बती समुदायलाई प्रयोग गरेको पनि हो। तर बिगर समुदायप्रतिको उदासिनताको कारण भने स्पष्ट हुन सकेको छैन।
_x000D_
_x000D_
०००
_x000D_
_x000D_
केही महिनादेखि चीनले आफ्ना अल्पसंख्यक मुस्लिम बिगर समुदायप्रति अमानवीय व्यवहार गरेको भन्दै समाचार आइरहेका छन्। तर त्यस विषयमा मुस्लिम सम्बद्ध देशहरु केही खासै प्रतिक्रिया व्यक्त गरेका छैनन्। चीनले बीआरआई परियोजना मार्फत विश्वका १ सयभन्दा बढी मुलुकमा लगानी विस्तार गर्न लागेको बेला केही न केही पक्कै सोच्दै होला।
_x000D_
_x000D_
मध्य एसियाका अधिकांश मुस्लिम देशसँग अमेरिकाको सम्बन्ध राम्रो छैन। अतः चीन उनीहरुका लागि सहयोगी हुन सक्ने अनुमानका कारण पनि केही नबोलेका हुन सक्छन्। अथवा मुस्लिम देशलाई ठूलो मात्राको आर्थिक सहायता दिएर चीनले आफ्नो पक्षमा पारेको पनि हुन सक्छ। चीनको छिमेकी देश पाकिस्तान आफैं चीनको ऋणबाट बाहिर निस्किने अवस्थामा छैन। अर्कोतर्फ चीनको आर्थिक प्रगति र आर्थिक सहयोगकै कारण अधिकांश देशले आवाज नउठाएका पनि हुन सक्छन्।
_x000D_
_x000D_
केही समययता चीनले सुरक्षा सर्तकताका नाममा मानव अधिकारको उल्लंघन गर्दै आएको समाचार पनि आएका छन्। बिगर मुस्लिम बेपत्ता हुने अवस्था पनि उतिकै बढ्दै गएको छ। व्यवहारिक शिक्षा र तालिम दिने नाममा कति मानिसलाई नियन्त्रणमा लिएको छ त्यसको लेखाजोखा कसैसँग पनि छैन।
_x000D_
_x000D_
चिनियाँ दबाबका कारण पाकिस्तानले बिगर मुस्लिमलाई देश निकाला गरेको थियो। यो केही समय पहिलेको घटना हो। चीन र भारतबीच बेलाबखत उत्पन्न हुने विवाद समाधान भएका दिन भारतले पनि बिगरलाई देश निकाला नगर्ला भन्ने आधार छैन। काश्मिर क्षेत्रमा रहँदै आएका बिगर समुदाय फेरि चीन फर्केलान् भन्न सकिन्न। तर उनीहरुको अस्तित्वमाथि नै प्रश्न चाँहि उठेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।