काठमाडाैं– राष्ट्रिय ध्वाजबाहक नेपाल एयरलाइन्सले सन् १९८७ मा खरिद गरेको ७५७ बोइङ ६२ करोड रुपैयाँसम्म बिक्री गर्न सकिने भएको छ।
_x000D__x000D_
विमान बिक्रीको लागि कन्सल्ट्यान्ट कम्पनीले बुझाएको प्रतिवेदनमा बढीमा ५२ हजार ९६ लाख अमेरिकी डलर (६२ करोड ९ लाख ३ हजार ४० रुपैयाँ) र थोरैमा ४३ लाख ३३ हजार अमेरिक डलर (५० करोड ८० लाख ९ सय २० रुपैयाँ) मा बिक्री गर्न सकिने उल्लेख छ।
_x000D__x000D_
नाइन एनएसीए कलसाइन रहेको ‘कर्णाली’ बोइङको बिक्री गर्नपरेको अवस्थामा कति मूल्यमा गर्न सकिन्छ भन्दै मूल्यांकन गर्ने फिन्टेक ग्लोबललाई कन्सल्ट्यान्टको रुपमा छनोट गरिएको थियो।
_x000D__x000D_
कन्सल्ट्यान्टलाई ४५ दिनको समय दिइएको थियो। मूल्यांकनका लागि गरिएको ग्लोबल टेन्डरमा तीन वटा कम्पनीले आवेदन दिएका थिए। जसमा स्वीस कम्पनी फिन्टेक छनोटमा परेको थियो।
_x000D__x000D_
विमानको मर्मत सम्भार गर्नको लागि धेरै रकम खर्च गर्नु परेको तथा विमान पुरानो हुँदै गएकाले विमानको सञ्चालन, इन्धन खर्च बढिरहेको पाइएपछि निगमले कर्णाली विमान बेच्ने निर्णय गरेको थियो।
_x000D__x000D_
सन् १९८७ मा अमेरिकन बोइङ कम्पनीसँग नेपाल एयरलाइन्सले ऋणमा दुईवटा बोइङ खरिद गरिएको थियो। दुईवटा बोइङमध्ये गन्डकी नाम दिइएको एउटा बोइङ यसअघि नै नेपाल एयरलाइन्सले १५ करोड रुपैयाँमा बीबीएयरवेजलाई बिक्री गरिसकेको छ। तर, कर्णाली बोइङले भने अहिले पनि अन्तर्राष्ट्रिय उडान गरिरहेको छ। नेवानिसँग अहिले अन्तर्राष्ट्रियमा दुईवटा एयरबस र दुईवटा वाइडबडी जहाज छ।
_x000D__x000D_
बोइङ र वाइडवडी विमान सञ्चालनमा नेवानिलाई असहजता सिर्जना भएपछि बोइङलाई विस्तापित गर्ने तयारीस्वरुप मूल्यांकन गर्नको लागि कम्पनी छनोट गरेको थियो। साथै कम्पनीले विमानको पार्टपूर्जा र त्यसका यन्त्र–उपकरणको समेत मूल्यांकन गरी दररेटसहित प्रतिवेदन पेस गरेको छ। कर्णाली नाम दिइएको बोइङ विमानमा १ सय ९० सिट छन् जसमा १६ विजनेस क्लासका सिट रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।