काठमाडौ- भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले लोकतान्त्रिक व्यवस्थाका लागि नेपाली कांग्रेससँग लामो र घनिष्ठ सम्बन्ध रहेको बताएका छन् ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति गगन थापालाई पत्र लेख्दै अध्यक्ष खड्गेले दुई देशबीचको लोकतान्त्रिक अभ्यासको स्मरण गरेका छन् ।
'राष्ट्रिय महाधिवेशन वास्तवमै तपाईंका संस्थापक स्वर्गीय बीपी कोइरालाले अगाडि बढाउनुभएको लोकतान्त्रिक मूल्य-मान्यता, नागरिक स्वतन्त्रता र सामाजिक न्यायका साथै लोकतान्त्रिक संस्थाहरूको निरन्तर सुदृढीकरणबारे विचार-विमर्श गर्ने एक महत्वपूर्ण अवसर हो,' खड्गेले लेखेका छन्, 'भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतन्त्रको हितमा आपसी समझदारी, ऐक्यबद्धता र सहकार्यको लामो तथा घनिष्ठ इतिहास छ । म यी सम्बन्धहरू र हाम्रा दुई पार्टी तथा दुई देशबीचको स्थायी सम्बन्धलाई उच्च मूल्य दिन्छु ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।