काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ मा मतदान प्रक्रिया अनिश्चित बनेको छ। मतदानका क्रममा फर्जी मतपत्र भेटिएपछि निर्वाचन समितिले तत्कालका लागि मतदान स्थगित गरेको हो।
निर्वाचन समितिका अनुसार विवाद समाधानका लागि दुवै पक्षबीच सहमति जुटेपछि मात्रै मतदान पुनः सुरु गरिनेछ। सहमति नभएसम्म निर्वाचन प्रक्रिया अघि नबढाउने समितिको निर्णय छ।
क्षेत्रीय सभापति पदका लागि बागमती प्रदेश सांसद कृष्णकुमार तामाङ र पासाङ दोङ प्रतिस्पर्धामा छन्। मतदानका क्रममा मतपत्रको विषयलाई लिएर विवाद चर्किएपछि अधिवेशनस्थलको वातावरण तनावपूर्ण बनेको थियो।
यसैबीच विवादका क्रममा नेता वंशलाल तामाङले मतपेटिकामा खुट्टाले प्रहार गरेको दृश्यसहितको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। उक्त भिडियो अहिले सामाजिक सञ्जालमा चर्चामा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।