• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

महिलाले लेखेको साहित्यमाथि विमर्श हुनु जरुरी छ : विमला तुम्खेवा [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शनिबार, कात्तिक १०, २०७५  ११:५२
1140x725

काठमाडाैं– विमला तुम्खेवा नेपाली कवितामा स्थापित नाम हो। कवितामा तुम्खेवाको संघर्ष बेग्लै छ। करिब २ दशकदेखि कवितामै साधनारत उनी नारी अस्तित्वको पक्षमा लेख्छिन्। सदियौंदेखि पुरुषप्रधान समाजबाट प्रताडित महिला हरेक क्षेत्रमा पेलिएका छन्। यो दुर्भाग्यपूर्ण अवस्थाबाट महिलालाई मुक्ति गराउनुपर्ने उनको मत छ। यही मतमा तुम्खेवाको कलम अडिएको छ। उनीसँग रहेर नेपाली साहित्य र विभिन्न क्षेत्रमा महिलाको अवस्थाबारे नेपाल लाइभका समर्पण श्रीले गरेको कुराकानी :

_x000D_ _x000D_

नेपाली साहित्यमा महिला लेखकको अवस्था कस्तो छ?
_x000D_ नेपाली समाजमा महिलाले ‘म पनि मान्छे हो’ भन्ने कुरामा विद्रोह गरिरहनुपरेको अवस्था छ। यो आफैंमा लज्जास्पद कुरा हो। साहित्यमा त महिला लेखककोे संघर्ष झनै कठिन छ। नेपाली साहित्यमा अहिलेसम्म खास महिलाको कुरा लेखिएकै छैन। महिलालाई सहपात्रको रुपमा मात्र उभ्याइएको अवस्था छ। 

_x000D_ _x000D_

तर, पछिल्लो समय महिलाको उपस्थिति संख्यात्मक रुपमा आशाजनक छ। यद्यपि, महिलाले लेखेको साहित्य र त्यसको वैचारिक पक्षमाथि गहन रुपमा विमर्श हुन सकेको छैन। यो हुनु जरुरी छ।

_x000D_ _x000D_

साहित्य र शास्त्रमा महिलाका कुराहरु कसरी उठाइएको छ?
_x000D_ अहिलेसम्म पुरुषले लेखिदिएको शास्त्र र साहित्य पढ्दै आयौँ। त्यसमा पनि हामीले बाँचेको समाज चाहिँ कस्तो छ भने सारा सृष्टि महिलाले धानिदिएपछि पुरुषहरु उनीहरू माथि जिन्दगीभर माया, प्रेम, सभ्यता र संस्कृतिको नाममा अत्याचार गरिरहने अनि त्यही अत्याचारको कथा चाहिँ पुरुष आफैंले लेख्ने?

_x000D_ _x000D_

यसरी हेर्दा शास्त्रभन्दा पनि हामीले बाँचेको समाजको प्रचलनले महिलालाई अझ बढी प्रताडित गरिरहेको छ। विद्रोह चाहिँ अब हिन्दु धर्मका शास्त्र पुनःलेखन हुनुपर्छ भन्नेबाटै उठाउन जरुरी छ। 

_x000D_ _x000D_

तीज पर्वको सुरुवात पार्वतीले शिवलाई पाऊँ भनेर बसेको व्रत हो। यो आस्थाले यसले आजको समयमा पनि नारीलाई शोषण गरेको छ। 

_x000D_ _x000D_

यसकारण जहिलेसम्म महिलामा आफू कसरी क्षमतावान हुने भन्ने कुरामा सोच्दैनन् र क्षमतावान् श्रीमान् पाउने चाहनामा रहन्छन्, महिलाको जीवनमा परिवर्तन र स्वातन्त्रता सम्भव नै छैन। महिलाले बुझ्न जरुरी छ। 

_x000D_ _x000D_

 तपाईं आफैं पनि लिम्बू समुदायमा हुर्केको। लिम्बू समुदायमा महिलाको  अवस्था कस्तो छ? 
_x000D_ अरु समुदायको तुलनामा लिम्बू सुदायमा सामाजिक, सांस्कृतिक र परम्परागत हिंसा कम छ। यो राम्रो पक्ष हो तर शिक्षामा महिलाको सहभागिता अत्यन्तै कमजोर छ। अन्य समुदायमा जस्तै सम्पत्ति माथिको कानुनी हक छैन।

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

यति हुँदाहुँदै पनि घरको मुली बूढीआमा हुन्छ। केटी माग्न जाँदा बाहुन समुदायमा ज्वाइँलाई राजा जस्तै मेजमान गरिन्छ तर हाम्रोमा पहिला डोको बुन्न दिने, सुँगुरको खोर छाउन लगाउने गरिन्छ।

_x000D_ _x000D_
_x000D_

केन्द्र प्रदेश र स्थानीय गरी ३ तहको सरकार हुँदा पनि हाम्रो देशका महिलाहरु निरीह छन्। महिलाले यो राज्य मेरै हो भनेर भन्न सकेको अवस्था छैन।

_x000D_
_x000D_ _x000D_

यसो गर्नुको कारण चाहिँ छोरी पाल्न सक्छ कि सक्दैन भन्ने हा। अर्को गज्जब के छ भने लिम्बू समुदायमा छोरीलाई विवाह गरेर ज्वाइँको घर  पठाएको ४० वर्षसम्म पनि साइमुन्द्री केटा पक्षलाई दिँदैन।

_x000D_ _x000D_

यो नदिँदा अनाचक छोरीको मृत्युु भयो भने ज्वाइँले किरिया गर्न पाउँदैन। त्यो छोरा र छोरीबीच समानताको ठूलो उदाहरण हो। तर, हिन्दु समुदायमा त्यही दिन कन्यादान दिइन्छ अनि दानमा पाएको वस्तुको महत्व के हुन्छ हामी अनुमान लगाउन सक्छौँ।  सायाद यस्तै यस्तै कारणले लिम्बू समुदायको महिला हिंसाको सिकार हुनबाट अलिक जोगिएका छन्। 

_x000D_ _x000D_

नेपाली राजनितिमा चाहिँ महिलाको प्रतिनिधित्व पछिल्लो समय बढेको पाइन्छ। तर यतिमै चित्त बुझाउने अवस्था छ त?
_x000D_ विश्वकै इतिहासलाई मूल्यांकन गरेर हेर्दा नेपाली राजनितिमा महिलाको अवस्था राम्रो छ। हामीकहाँ प्रधानन्यायाधीश, राष्ट्रपति, पराराष्ट्र, सभामुख जस्तो महत्वपूर्ण स्थानमा महिलाको प्रतिनिधित्व भइसकेको छ।

_x000D_ _x000D_

पहिलो संविधानसभाले त ३३ प्रतिशत महिला संसदमा पाइसकेको छ र अहले २९.७ प्रतिशत महिला संसदमा छन्। हामीसँग महत्वपूर्ण संसदीय ९ मध्ये ७ समितिमा महिला नै छन्। तर पनि महिलामाथिको ज्यादती भने बढ्दो छ।

_x000D_ _x000D_

अब हामीसँगको चुनौती भनेको नै कानुनको कार्यान्वय हुन नसक्नु हो। समाजको तल्लो तहसम्म कानुनको कार्यान्वयन गर्नमा यी प्रतिनिधिको भूमिका हुनु जरुरी छ। केन्द्र प्रदेश र स्थानीय गरी ३ तहको सरकार हुँदा पनि हाम्रो देशका महिलाहरु निरीह छन्। महिलाले यो राज्य मेरै हो भनेर भन्न सकेको अवस्था छैन।

_x000D_ _x000D_

त्यसैले प्रतिनिधित्वसँगै महिला महिलाले अधिकार प्राप्तिको महसुस गर्न पाउनुपर्‍यो। 

_x000D_ _x000D_

अब प्रसंग अलि बदलौँ। कुनै समय तपाईं कवि बन्नकै लागि काठमाडौं आउनुभयो। लामो समय काठमाडौंमा संघर्ष गरेर गुजार्नुभयो। त्यतिबेला कवि बन्ने हुटहुटीले देखेको सपना अहिले कतिसम्म साकार भएजस्तो लाग्छ?
_x000D_ म हुर्केको पथरीबजार। त्यतिबेला त्यो गाउँ नै थियो। बजारको वरिपरि ठूलो जगंल  थियो। तर दक्षिणतिर भने घनाबस्ती। बुबाले घरमा बम देवान, लक्ष्मीप्रसाद देवकोटाको जीवनका बारेमा कुरा गरिरहनुहुन्थ्यो। यिनै कुराले पनि म कविता लेखनतर्फ नजिकिन थालेँ।

_x000D_ _x000D_

सानोमा मलाई ‘आमा’ उपन्यासको पात्र पाभेलले पनि साहित्यमा आउन उत्साह थप्यो। मलाई अहिले के लाग्छ भने लेखकीय क्षमता कति गहिरो हुँदो रहेछ भन्ने अनुभूति गोर्की र पारिजातले दिए। अहिले पनि पाभेल र सकम्बरी मेरो दिमागमा ताजा बनेर बस्छ। 

_x000D_ _x000D_
_x000D_

काठमान्डू नजिकका डाँडा एक्लै चहार्दै हिँड्नु मैले बाँचेको समयमध्ये सबभन्दा अविश्लामरणीय लाग्छ। ती घमाइला दिन थिए। तर अब त्यसरी हिँड्ने समय छैन मेरो। समय बद्लियो।

_x000D_
_x000D_ _x000D_

हाम्रो घरछेउमा पथरी खोला छ। त्यसबेला बेलुका घाम डुब्नेबेला खोलाको किनारमा खुट्टा डुबाएर पहेँलो घाम हेर्थेँ र सोच्थेँ काठमाडौं घाम डुबेतिर छ। उतिबेला पानी पनि कति सङ्लो भने पहेँलो घाम पानिमा ठोक्किएको दृश्य साह्रै सुन्दर देखिन्थो। म त्यही पानी र घाम हेर्दै सोच्थँ। म पनि काठमान्डू जान्छु र कवि बन्छु।

_x000D_ _x000D_

र अहिलेसम्म म कवि नै छु। यो मिठो संयोग। कवि बन्नको निम्ति गरिएको संघर्ष अनेक छन्। स्मृति २०५५ सालतिरको हो। साथी अस्मिता भण्डारीले मलाई इटहरीमा बसबाट ओरालेर कोठामा लगेर रातभरि नै गाली गरेकी छन्।

_x000D_ _x000D_

उसबेला उनी उम्दा कवि गजलकार। उनकै मुखबाट पहिलोपल्ट सुनेँ, ‘काठमान्डू यहाँजस्तो हो र! त्यहाँ त ढोका थुनेर भात खान्छन्। म कति मूर्ख केटी भने- काठमाडौंमा जाडो हुन्छ भनेर इटहरीबाटै टोपी लगाएर बस चढेकी थिएँ र चर्चित कवि बन्न हान्निएकी थिएँ। 

_x000D_ _x000D_

अहिले त विमला तुम्खेवालाई अराजकको ट्याग पनि लाग्ने गरेको छ नि?
_x000D_ हा हा.. हो र! उहाँहरूले कुन रुपमा हेर्नुहुन्छ त्यो मलाई थाहा भएन। तर, यति हो जीवन छोटो र सुन्दर छ। हरेक दिन राम्रै मात्र काम गर्छु भन्दा पनि एकबारकाे जुनीमा। मेरो स्वाभाव नै हो मध्यरातमा काठमान्डूको सडक गल्लीमा रमाउँदै हिँड्नु।

_x000D_ _x000D_

फकिर जस्तो एक्लैएक्लै। काठमान्डू नजिकका डाँडा एक्लै चहार्दै हिँड्नु मैले बाँचेको समयमध्ये सबभन्दा अविष्मरणीय लाग्छ। ती घमाइला दिन थिए। तर अब त्यसरी हिँड्ने समय छैन मेरो। समय बद्लियो। अब त साथमा सानी छोरी छ, श्रीमान् छ र परिवारको दायित्व छ। त्यसरी अराजक हुन त कहाँ पाइन्छ र!

_x000D_ _x000D_
_x000D_

सत्य चाहिँ के हो भने महिलाको लेखकीय क्षमतालाई खुलेर प्रशंसा गर्ने हृदय, मस्तिष्क र साहस पुरुषसँग छैन।

_x000D_
_x000D_ _x000D_

 कविताको साधनासँगै पत्रकारितामा पनि भिज्नुभयो। अहिले सञ्चारिका समूहको महासचिव हुनुहुन्छ। यस समूहबाट महिला पत्रकारको अधिकारका निम्ति कस्ता प्रयास भएका छन्? 

_x000D_ _x000D_

पत्रकारिताको क्षेत्रमा भएका महिला यही पेसामा टिक्न नसक्नु चुनौतीको विषय छ। त्यसैले सञ्चारिका समूहले यही विषयलाई प्राथमिकतामा राख्दै काम गरेको छ। यस समूहमा देशभरका सबै महिला पत्रकार आबद्ध छन्। महिला पत्रकारको क्षमता अभिवृद्धि लगायतका काम पनि भइरहन्छन्। यस समूहले महिलामाथि हुने हिंसा र विभेदको विरुद्धमा पैरवी र बहस गर्दै आइरहेको छ। महिला हिंसा विरुद्ध र न्यायका निम्ति  वकालत गर्दै आएको छ।  मलाई लाग्छ २०औं वर्षदेखि यही मुद्दामा लागिरहनु यही यसको मुख्य कारण हो। 

_x000D_ _x000D_

अब लेखनकै विषयतर्फ प्रवेश गरौँ। नेपाली साहित्यमा पारिजातभन्दा पछिल्ला पुस्ताका महिला लेखकको उपस्थिति कमजोर भयो भनिन्छ, पारिजातलाई जसरी मानक बनाइएको थियो। त्यसरी मानक बनाउने किसिमको सशक्त उपस्थिति भएन भन्ने गरिन्छ नि, यसमा तपाईं सहमत हुनुहुन्छ?

_x000D_ _x000D_

यो सरासर गलत सोचाइ हो। प्रत्येक लेखकले आफू बाँचेको समाज र आफूले महसुस गरेको अनुभूतिलाई लेख्ने हो। भनेपछि कसरी पारिजातलाई केन्द्रमा राखेर अरु महिला लेखकलाई दाँज्न मिल्छ। जहाँसम्म मलाई लाग्छ, पुरुष लेखक पनि पारिजात जस्तो प्रसिद्धि कमाउन वा प्राप्त चाहान्छ।

_x000D_ _x000D_

 यसो भनिरहँदा मैले गलत बोलेँ भन्ने मलाई पटक्कै लाग्दैन। अहिलेका महिला लेखक तपार्इंले भनेजस्तो कमजोर छैनन्। हामीलाई थाहा छ हाम्रो लेखकीय मुद्दा के हो? हाम्रो लेखनमा हामी कसरी आउनुपर्छ? बरु समस्या चाहिँ अहिले पनि त्यही बिन्दुमा छ, जुन समय त्रिपुरा सुन्दरी, पारिजात र त्यसपछिका महिलाले संघर्ष गर्नुपर्‍यो।

_x000D_ _x000D_

परिवार, समाज, धर्म, संस्कृति, कानुन, राज्य सबै प्रतिकूल हुँदा पनि महिलाले यति गर्नु भनेको चानचुने उपलब्धि होइन। समाज, कानुन, देश सबै उसको पुरुषको दाहिने छ। यति भएर पनि अहिलेको समयमा महिला लेखन कुनै पुरुष लेखकको भन्दा कम छैन। बरु सत्य चाहिँ के हो भने महिलाको लेखकीय क्षमतालाई खुलेर प्रशंसा गर्ने हृदय, मस्तिष्क र साहस पुरुषसँग छैन। कि त बात लाग्ने डरले चुप छन् उनीहरु। यो नेपाली साहित्यको लागि दुर्भाग्य हो।

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०७५  ११:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाराको सिमराबाट एक बालिका बेपत्ता
रेणु चन्दको संयोजकत्वमा राष्ट्रिय सभामा महिला समन्वय समिति गठन
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे...
सम्बन्धित सामग्री
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिक... बुधबार, साउन २७, २०८३
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ देशमा राजनीतिक परिवर्तनहरू आएपनि सीमान्तकृत समुदायका वास्तविक समस्याहरू अझै पनि सम्बोधन हुन नसकेको विज्ञ तथा अधिकारकर्मीहरु बताउँछन्... आइतबार, साउन २४, २०८३
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ मंगलबार, भदौ ९, २०८३
बाराको सिमराबाट एक बालिका बेपत्ता मंगलबार, भदौ ९, २०८३
रेणु चन्दको संयोजकत्वमा राष्ट्रिय सभामा महिला समन्वय समिति गठन मंगलबार, भदौ ९, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई मात्र सार्वजनिक बिदा मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्