काठमाडौं- पूर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्की नेपाली कांग्रेसको वडा तहबाट क्षेत्रीय प्रतिनिधि चयन भएका छन् ।
सुनसरीको बराह क्षेत्र वडा नं १० बाट उनी चयन भएका हुन् ।
पार्टीको १५ औं महाधिवेशनको सिलसिलामा उक्त वडामा आइतबार अधिवेशन भएको हो ।
पार्टीले शनिबार र आइतबारका लागि वडा तहको अधिवेशन तोकेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।