काठमाडौं– अस्तित्वमा रहँदासम्म वनस्पति र जनावारले मानव जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गर्छन्। अनगिन्ति पिँढीसम्म मानव जीवनलाई भोजन, श्रम, उपकरण र सहयोग प्रदान गर्दै आएका वनस्पति र जनावरबिना मानव समाज आजको यो विन्दुसम्म उन्नति गर्न सक्दैन थियो। मानिस वनस्पति र जनावरको सहयोग विना आजको अवस्थासम्म आइपुग्दैन थियो।
_x000D_
_x000D_
खाद्यान सामाग्रीका रुपमा वनस्पति र जनावार
_x000D_
मानिसले आफनो बासस्थानको निक्र्यौल गर्नुपूर्व नै जनावार सिकार गर्ने र वनस्पतिलाई खानाको रुपमा जम्मा गर्ने प्रचलनको सुरु भएको हो। सुुरुवाती चरणमा मानिसले खाद्यानका लागि प्रयोग गरेको जनावारमा किरा, माछा, जंगली सुँगुर, हरिण र मृग थिए। वनस्पतिमा जमुना, च्याऊ र विभिन्न प्रजाति बीज र बदाम थिए।
_x000D_
_x000D_
मानिसले कृषि र खेतीको आविष्कार गर्नुभन्दा पहिला खानाका लागि वनस्पति जम्मा गर्नु र जनावरको सिकार गर्नु एक हिसाबमा निकै चुनौतीपूर्ण काम थियो। मानिसले सेवन गर्ने धेरै वनस्पति विषालु हुने सम्भावना रहन्थ्यो। खाद्यानमा प्रयोग गर्ने वनस्पति गलत भएको खण्डमा त्यसले मानिसको जीवन समेत लिने गर्दथ्यो।
_x000D_
_x000D_
मानव जीवन प्रगतितर्फ उन्मुख हुँदै जाँदा मानिसले गहुँ र चामललाई खाद्यान सामाग्रीका रुपमा प्रयोग गर्ने क्रम बढ्दै गयो, जसले गर्दा चामल र गहुँ मानव खाद्य पर्दाथको अभिन्न भागको रुपमा विकास भयो।
_x000D_
_x000D_
मानिसले आफू बस्ने भौगोलिक अवस्थिति बताउने वित्तिकै ऊ बस्ने ठाँऊमा के र कस्तो प्रकारको खाद्य सामाग्री उपलब्ध हुन्छ भन्ने कुरा सजिलै अनुमान लगाउन सकिने भयो। मानिसले सामुन्द्रिक यात्राबाट विभिन्न महादेशको अन्वेषण गर्न थालेपछि अनि त्यहाँ उत्पादन हुने विविध प्रजातिका बीउ निर्यात गर्न थालेपछि कृषि प्रविधिको पनि विस्तार हुन थाल्यो।
_x000D_
_x000D_
जसले गर्दा विभिन्न प्रजातीका खाद्य सामाग्रीको उत्पादन बढ्न थाल्यो भने मानव जीवन आफूले नै उत्पादन गरेको सामाग्रीमा निर्भर रहन सक्ने अवस्थाको सृजना भयो।
_x000D_
_x000D_
मानिसले विभिन्न प्रजातीका जनावार लाई खाद्या प्रयोजनका लागि घर मै पाल्न पनि थालेको पाइन्छ। यसरी घर पालुवा जनावारको रुपमा सुँगुर, भेडा, बाख्रा पाल्ने क्रम बढ्दै गयो, जसले गर्दा जनावर सिकार गर्ने क्रम विस्तारै घट्दै पनि गयो। आजका दिन पर्यन्त खाद्य सामग्रीका रुपमा यिनै जनावार को प्रयोग हुँदै आएको छ।
_x000D_
_x000D_
शताब्दीऔँसम्म मानिसले वनस्पति र जनावरलाई विभिन्न प्रयोजनामा प्रयोग गरे। वनस्पति विविध प्रकारका लुगा बनाउन प्रयोग भयो भने लुगाले मानिसको छालालाई घाम र पानीबाट जोगाउने काम पनि ग¥यो भने मानिसको शरीरको तापक्रम नियन्त्रण गर्ने काम पनि यसले गर्यो।
_x000D_
_x000D_
विभिन्न प्रकारका जनावारको शरीरमा पाइने ऊनबाट मानिसले लुगा बनाउन थाले भने यसले गर्दा मानिसलाई जाडो महिनामा पनि घर बाहिर निस्केर काम गर्ने वातावरणको निर्माण भयो।
_x000D_
_x000D_
उच्च किसिमका प्रविधिको निर्माण हुनुपूर्व ठूला र जोखिम पूर्ण कामपनि जनावरले गर्नेगर्दथ्यो। घोडाले सवारी साधनको निर्माणअघि द्रुत गतिको सवारी साधनको रुपमा काम गथ्र्यो। यसका अलावा घोडाले लामो दुरीका सामान ओसार पसारमा सहयोग पनि गथ्र्यिो।
_x000D_
_x000D_
यस्तै घर पालुवा जानवरले मानिसलाई घरायसी काममा पनि सहयोग गर्छ भने मानिसका लागि खाद्यान उत्पादन गर्ने खेत बारी जोत्ने काम पनि जनवारले गर्छ। कतिपय अवसरमा त मानिसले पत्ता लगाउन नसकेको अपराधी समात्न पनि मानिसले जनावारको प्रयोग गर्छ।
_x000D_
_x000D_
अझै पनि प्रवाधिक क्षमताको विकास भई नसकेको मुलुकमा जनवारको प्रयोगले ती काम गर्न गरिन्छ जसको अभावमा त्यो काम गर्न असहज प्रायः हुन्छ।
_x000D_
_x000D_
उपकरणको रुपमा जनावार र वनस्पति
_x000D_
जनावारको हड्डीलाई चक्कु बनाउन पनि प्रयोग गरिन्छ भने भाला र अन्य हतियार बनाउन पनि प्रयोग गरिन्छ। केही जनावारको छाला झोला बनाउन प्रयोग गरिन्छ भने केही जनावरको सिङ बाजा बनाउन प्रयोग हुँदै आएको छ। मानव इतिहासमा पहिलो बन्दुक बनाउन वनस्पतिको प्रयोग भएको हुन्छ।
_x000D_
_x000D_
यस्तै चराको प्वाँख वाणलाई सन्तुलन गर्न प्रयोग गरिन्छ भने जाडो महिनामा प्रयोग गरिने न्यानो कपडा बनाउन जनावार चाहिन्छ। पहिलेका सिकारीले जनावारको सम्पूर्ण भागलाई प्रयोगमा ल्याउँथे।
_x000D_
_x000D_
मानिस एक सामाजिक प्राणी हो र उसलाई साथीको पनि आवश्यकता पर्छ। वनस्पति र जनावरले हामीलाई खाद्यान सामाग्री र उपकरण र श्रमका निम्ति सहयोग गर्दै मानव जीवनलाई सहज बनाउँदै हामीलाई उत्पादन मुलक बनाउन पनि निकै टेवा पुर्याएको छ।
_x000D_
_x000D_
अस्ट्रेलियाको कुइन्सल्याण्ड विश्वविद्यालयले प्रकाशित गरेको एक अनुसन्धान अनुसार आफूले काम गर्ने ठाउमा वनस्पति राख्ने हो भने मानिसको उत्पादकत्व क्षमतामा १५ प्रतिशत वृद्धि हुन्छ। पानीमा पौडिएको माछालाई लामो समय हेर्दा त्यसले मानिसको रत्तचापलाई बढ्न नदिने अनुसन्धानले देखाएको छ।
_x000D_
_x000D_
उद्यानमा रहेका वनस्पतिलाई हेर्दा मानिसमा पूर्णताको आभाष आउँछ भने घरभित्रै वनस्पति राख्दा त्यसले मानिसलाई सम्पूर्ण किसिमको तनावबाट मुक्त राख्न सहयोग पुर्याउने अनुसन्धानबाट देखिएको छ।
_x000D_
_x000D_
घरपालुवा जीवमध्ये कुकुर र बिरालो लामो समयदेखि मानिसको साथीको रुपमा रहेको छ। खासमा घरमा कुकुर पाल्नुको मुख्य कारण कुकुरले मानिसलाई सिकारमा सहयोग गर्छ भनेर हो। तर, कालान्तरमा कुकुर मानिसको अत्यन्त प्रिय हुँदै साथीको रुपमा रहन थालेको छ।
_x000D_
_x000D_
यस्तै घरमा बिरालो मुसा, किरा मार्न राखिएको हो तर बिरालो कुनै काम नै नभए पनि मानिसको घर भित्रै साथीको रुपमा बस्न थाले। नयाँ खालको वैज्ञानिक अनुसन्धानले पनि घरपालुवा जनावारको रुपमा कुकुर पाल्ने मानिसको तुलनामा नपाल्ने मानिसको आयु कम हुने देखाएको छ।
_x000D_
_x000D_
मानिसले एकातिर अझै पनि वनस्पति र जनावारलाई आफ्नो खाद्य वस्तु, श्रमको उपकरण र साथीको रुपमा विभिन्न माध्यमबाट प्रयोग गर्दै आएको छ। मानिस, वनस्पति र जनावार यी तीनबीचको अन्योन्याश्रित सम्बन्ध बिना यो विश्व नै उजाड लाग्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।