बाजुरा– बाजुरामा एमालेनिकट अनेरास्ववियुका नेता चेतनदीप अयडीको हत्या प्रकरणमा करिब चार वर्षपछि फैसला हुने भएको छ ।
बाजुरा जिल्ला अदालतमा न्यायाधीश ताराप्रसाद डाँगीको इजलासमा मुद्दाको सुनुवाइ तथा बहस सकिएको छ ।
बुधबार र बिहीबार लगातार दुई दिन भएको बहसपछि अदालतले अब फैसला सुनाउने तयारी गरेको हो ।
जाहेरवाला चेतनका बुवा गगन अयडीका तर्फबाट सरकारी वकिलका साथै वरिष्ठ अधिवक्ता राजेन्द्र साउद, रामबहादुर खड्का, रामबहादुर रावल र वसन्त जोशीले बहस गरेका थिए।
यस मुद्दामा २४ जना प्रतिवादी छन् । तीमध्ये ७ जना पुर्पक्षका लागि थुनामा, ११ जना धरौटीमा र ६ जना साधारण तारिखमा रहेको अदालतको मुद्दा विवरणमा उल्लेख छ ।
अभियोगपत्रमा ६ जना प्रतिवादीलाई मुलुकी अपराध संहिताको दफा ४१ बमोजिम जीवनभर आजन्म कैद तथा बाँकी १८ जनालाई दफा १७७ बमोजिम जन्मकैद (२५ वर्ष) सजायको माग गरिएको छ ।
२०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा बाजुराको कैलाशमाडौँमा चेतनदीप अयडीको हत्या भएको थियो । निर्वाचनका बेला ठूलो समूहले अयडीको घर घेरा हाली कुटपिट गरेर हत्या गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर भएको हो ।
यी हुन् २४ जना प्रतिवादी:
थुनामा रहेका प्रतिवादीहरू
१. धनराज थापा
२. जंग भन्ने शेर बहादुर अयडी
३. खेमराज अयडी
४. सागर अयडी
५. लोकेश अयडी
६. जीवन अयडी
७. पदम अयडी
धरौटी तारिखमा रहेका प्रतिवादीहरू
१. मंगल भन्ने मदन बहादुर अयडी
२. निरज बहादुर अयडीः
३. नर बहादुर अयडी
४. उद्धव बहादुर अयडी
५. रतन बहादुर अयडीः
६. अनिता रौले अयडी
७. मोहन बहादुर अयडी
८. नवीन बहादुर अयडी
९. ईश्वरी देवी अयडी
१०. धनादेवी अयडी
११. नरेश बहादुर अयडी
साधारण तारिखमा रहेका प्रतिवादीहरू
१. भूपाल अयडी
२.चक्र अयडी
३. रुपा चौधरी अयडी
४. जुद्ध अयडी
५. रनसिंह बहादुर अयडी
६. विनोद अयडी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।