काठमाडौं– रोमा इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ।
रोमाले टोरिनोलाई २–० ले हराउँदै सिजनको उत्कृष्ट सुरुआतलाई निरन्तरता दिएको हो। यो रोमाको लगातार नवौं जितसमेत हो।
रोमा र इन्टर मिलानले सुरुआती चारै खेल जित्दै समान १२ अंक जोडेका छन्। गोलअन्तरका आधारमा रोमा शीर्ष स्थानमा छ भने इन्टर दोस्रो स्थानमा छ।
लयमा रहेका स्ट्राइकर डोनीएल मालेनले चार खेलमा छैटौं गोल गर्दै रोमालाई अग्रता दिलाए। निकोलो पिसिलीले इन्जुरी समयमा दोस्रो गोल थपे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।