• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ३०, २०८३ Tue, Sep 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

निलम्बित एन्फाले आज राखेपमा धर्ना दिँदै

64x64
नेपाल लाइभ मंगलबार, भदौ ३०, २०८३  ०६:५४
1140x725

काठमाडौं– फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा मंगलबार धर्ना दिँदैछ।

एन्फा सचिवालयले मंगलबार बिहान ११ बजे राखेपका उपाध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाउने, एक घण्टा धर्ना दिने र त्यसपछि पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय गरेको छ। हाल राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल श्रेष्ठ छन्।

एन्फा विगत साढे महिनादेखि फिफाको प्रतिबन्धमा छ। फिफाले एन्फाको कामकारबाहीमा तेस्रो पक्षको हस्तक्षेप भएको ठहर गर्दै गत असार ११ गते फिफा विधानको धारा १४ को उपधारा १ (आई) र उपधारा ३ अनुसार धारा १६ बमोजिम अनिश्चितकालीन निलम्बन गरेको थियो।

सन् १९७२ मा फिफाको सदस्य बनेयता एन्फा पहिलोपटक निलम्बनमा परेको हो। निलम्बनअघि फिफाले अर्को निर्वाचन सम्पन्न नभएसम्म पुरानै कार्यसमितिलाई निरन्तरता दिन निर्देशन दिएको थियो। तर एन्फा कार्यसमितिको कार्यकाल असार ६ गते नै समाप्त भइसकेको थियो।

एन्फाले गत चैत १३ गते केन्द्रीय निर्वाचन गर्ने निर्णय गरेपछि राखेपसँग विवाद बढेको थियो। राखेपले तहगत निर्वाचन सम्पन्न गर्न पटक–पटक निर्देशन दिए पनि एन्फाले त्यसलाई पालना नगरेको भन्दै निर्वाचनको दुई दिनअघि चैत ११ गते एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो। पछि राखेपले जेठ १ गते निलम्बन फुकुवा गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

यसैबीच, विश्वकपको उद्घाटन समारोहमा सहभागी हुन मेक्सिको जान लागेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काएको थियो। राखेपको सिफारिसमा अध्यक्षसहित २४ जनालाई विदेश यात्रामा रोक लगाइएको थियो।

फिफाले उक्त घटनालाई एन्फाको कामकारबाहीमा सरकारी हस्तक्षेपका रूपमा लिएको थियो। सदस्य संघका प्रतिनिधिलाई स्वतन्त्र रूपमा कार्यक्रममा सहभागी हुन नदिनु हस्तक्षेप भएको ठहर गर्दै फिफाले स्पष्टीकरण मागेको थियो। तोकिएको समयमा सन्तोषजनक जवाफ नआएपछि नेपाललाई निलम्बन गरिएको एन्फाको भनाइ छ।

फिफाको प्रतिबन्धपछि नेपाल फिफा र एसियाली फुटबल महासंघ (एएफसी) अन्तर्गत हुने अन्तर्राष्ट्रिय फुटबल गतिविधिबाट बाहिरिएको छ। राष्ट्रिय टोली तथा नेपाली क्लबले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाएका छैनन् भने फिफाबाट मान्यताप्राप्त नेपाली रेफ्रीले पनि अन्तर्राष्ट्रिय खेल सञ्चालन गर्न पाएका छैनन्। फिफा र एएफसीबाट प्राप्त हुने प्राविधिक तथा आर्थिक सहयोगसमेत रोकिएको एन्फाले जनाएको छ।

एन्फा सचिवालयले नेपाली फुटबलको अन्योल अन्त्य, निलम्बन फुकुवा तथा फुटबल गतिविधि नियमित सञ्चालनको वातावरण बनाउन राखेप र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने जनाएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०८३  ०६:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाललाई भारतले दैनिक ६५४ मेगावाट विद्युत् दिने
मुख्य राजमार्गमा अवरोध, रसुवा–धादिङमा पूर्ण बन्द
सरकारले देश जलाउने काम गर्‍यो, राजसंस्थाबिना राष्ट्रको रक्षा हुन सक्दैन : प्रसाईं
सम्बन्धित सामग्री
निलम्बित एन्फाले आज राखेपमा धर्ना दिँदै फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा मंगलबार धर्ना दिँदैछ। मंगलबार, भदौ ३०, २०८३
हालान्डको गोलमा सिटी विजय म्यानचेस्टर सिटीले १० खेलाडीमा सीमित रहेर पनि म्यानचेस्टर युनाइटेडलाई उसकै घरेलु मैदान पराजित गरेको छ। सोमबार, भदौ २९, २०८३
बार्सिलोनाको जितमा यमलको २ गोल बार्सिलोनाले ला लिगामा सिजनको उत्कृष्ट सुरुआतलाई निरन्तरता दिँदै आइतबार लेभान्टेलाई ४–२ ले पराजित गरेको छ। सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
नेपाललाई भारतले दैनिक ६५४ मेगावाट विद्युत् दिने मंगलबार, भदौ ३०, २०८३
मुख्य राजमार्गमा अवरोध, रसुवा–धादिङमा पूर्ण बन्द मंगलबार, भदौ ३०, २०८३
सरकारले देश जलाउने काम गर्‍यो, राजसंस्थाबिना राष्ट्रको रक्षा हुन सक्दैन : प्रसाईं मंगलबार, भदौ ३०, २०८३
निलम्बित एन्फाले आज राखेपमा धर्ना दिँदै मंगलबार, भदौ ३०, २०८३
कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
विशेष महाधिवेशन स्वीकार नगर्न बादललाई ओलीको फोन, एमाले पुनर्गठन कार्यदलको बैठकमा चर्काचर्की सोमबार, भदौ २९, २०८३
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता सोमबार, भदौ २९, २०८३
आईसीयूमा अन्तर्वार्ता विवाद चर्किएपछि प्रेस काउन्सिलको छानबिन, सुरजसिंह ठकुरीसहित तीन निकायलाई पत्र सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्