काठमाडौं– नेपाली राष्ट्रिय टोलीका फरवार्ड अञ्जन विष्टसहित ३ नेपाली खेलाडी बंगलादेशी क्लबमा अनुबन्ध भएका छन्।
क्लबका अनुसार उनीसहित मिडफिल्डर मनिष डाँगी र डिफेन्सिभ मिडफिल्डर रोहित चन्द अनुबन्ध भएका हुन्।
तीन जना नै शनिबार बंगलादेश प्रस्थान गरेका छन्। योसँगै बंगलादेशी लिग खेल्ने नेपाली खेलाडीको संख्या ५ पुगेको छ। यसअघि नै मिडफिल्डर एरिक विष्ट र डिफेन्डर अनन्त तामाङ फर्टिस क्लबबाट खेलिरहेका छन्।
अञ्जनले यसअघि नै बंगलादेशी क्लबबाट खेलिसकेका छन्।
उनले २०२४ मा फर्टिस एफसीबाट खेलेका थिए। गत सिजन भने उनी ब्रदर्श युनियनमा अनुबन्ध भएका थिए। तर, राष्ट्रिय लिग सुरु हुनेबित्तिकै उनी बंगलादेशी लिग छाडेर नेपाल फर्किएका थिए। उनले यसै वर्ष भारतको थन्डरबोल्ट्स नर्थ युनाइटेडबाट पनि खेलेका थिए।
यस्तै, मनीषको भने पहिलोपल्ट बंगलादेश जान लागेका हुन्। रोहित भने इन्डोनेसियाली क्लबसँगको लामो सम्बन्ध तोड्दै बंगलादेश लागेका हुन्। उनी करिब एक वर्षदेखि क्लबविहीन थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।