• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘फेरि आन्दोलनको अवस्था आउन सक्छ’

64x64
नेपाल लाइभ मंगलबार, भदौ २३, २०८३  १०:२४
1140x725

काठमाडौं– २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको एक वर्ष पुग्न लाग्दा राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंहले आन्दोलनले उठाएका मूल मुद्दा अझै सम्बोधन नभएको बताएका छन्।

उनले आन्दोलनका क्रममा भएको बलिदान, घाइते तथा अङ्गभङ्ग भएका युवाको अवस्था र त्यसपछि बनेका सरकारका कामप्रति असन्तुष्टि व्यक्त गरेका छन्। 

नेपाल न्यूज बैंकसँग जेनजी दिवसका सन्दर्भमा विशेष कुराकानी गर्दै सिंहले आन्दोलनले खोजेको परिवर्तन केवल सरकार वा नेतृत्व परिवर्तन नभएको बताए। उनका अनुसार युवाहरू सुशासन, भ्रष्टाचार नियन्त्रण, भ्रष्टाचारीमाथि कारबाही, प्रभावकारी सार्वजनिक सेवा र राजनीतिक प्रणालीमै सुधारको मागसहित सडकमा आएका थिए।

‘हामी जुन रफ्तार र उत्साहका साथ परिवर्तनको म्यान्डेट बोकेर सडकमा आएका थियौँ, त्यसअनुसारको परिवर्तन भएन,’ सिंहले भने, ‘हामीले उठाएका माग–मुद्दा कुनै पनि पूरा भएनन्। त्यसैले त्यो दिनलाई अहिले सम्झिँदा निकै दुःखद् लाग्छ।’

उनले आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको र हजारौँ घाइते तथा अङ्गभङ्ग भएको दाबी गर्दै त्यसपछिका सरकारहरूले पीडितको न्याय र आन्दोलनका मूल माग सम्बोधन गर्न नसकेको आरोप लगाए।

सिंहका अनुसार आन्दोलनपछि राजनीतिक नेतृत्व र सरकार परिवर्तन भए पनि शासन सञ्चालनको शैलीमा अपेक्षित परिवर्तन आउन सकेन। 

‘पुराना भ्रष्ट र बिचौलियाको हातबाट सत्ताको साँचो खोसेर नयाँ बिचौलियालाई सत्तामा पु¥याउनेबाहेक अरू परिवर्तन भएन,’ उनले भने। 

उनले जनताले केवल नयाँ अनुहार नभई नयाँ राजनीतिक संस्कार र काम गर्ने शैली खोजेको बताए। सार्वजनिक सेवा छिटो र प्रभावकारी बनाउने, भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्ने तथा राज्यका निकायमा राजनीतिक पहुँचबिना काम गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘अन्तरिम सरकार पनि जेनजीको थिएन’

सिंहले आन्दोलनपछि बनेको अन्तरिम सरकारलाई समेत जेनजीको सरकार मान्न नसकिने बताए। अहिलेको सरकार पनि जेनजीको भावनाअनुसार अघि नबढेको उनको दाबी छ।

उनले संविधान संशोधन, आन्दोलनका मुद्दाको सम्बोधन, मृतकका परिवारलाई न्याय तथा घाइतेको उचित उपचार नभएसम्म निर्वाचन गराउन नहुने पक्षमा आफूहरू रहेको बताए।

सिंहका अनुसार संविधान संशोधनमार्फत जेनजी आन्दोलनले उठाएका विषय सम्बोधन गरेपछि मात्रै निर्वाचनको वातावरण बनाउनुपर्छ। आन्दोलनमा सहभागी युवालाई बेवास्ता गरेर निर्वाचन गराइएको उनको आरोप छ।

Xtrem

Xtrem

उनले भने, ‘आन्दोलनपछि बनेको अन्तरिम सरकार पनि जेनजीको सरकार थिएन, अहिलेको सरकार पनि जेनजीको भावनाअनुसार अघि बढेको छैन। संविधान संशोधन हुनुपर्छ, आन्दोलनका मुद्दा सम्बोधन हुनुपर्छ, मृतकका परिवारले न्याय पाउनुपर्छ र घाइतेहरूको उचित उपचार हुनुपर्छ। यी विषय सम्बोधन नभएसम्म निर्वाचन हुनुहुँदैन। संविधान संशोधनमार्फत जेनजी आन्दोलनले उठाएका माग सम्बोधन गरेपछि मात्रै निर्वाचनको वातावरण बनाउनुपर्छ। तर आन्दोलनमा सहभागी युवाहरूलाई बेवास्ता गरेर निर्वाचन गरियो, जुन स्वीकार्य छैन।’

गृहमन्त्रीप्रति आक्रोश

सिंहले वर्तमान गृहमन्त्रीलाई जेनजी आन्दोलनको प्रतिनिधि वा नेता मान्न नसकिने बताएका छन्। आन्दोलनका बेला आफूलाई स्वयंसेवकका रूपमा प्रस्तुत गरेका व्यक्तिलाई पछि जेनजीको नेतृत्वसँग जोडिएको भन्दै उनले आपत्ति जनाए।

‘उहाँलाई कसले जेनजीको नेता मानेको हो ? हामीले मानेका छैनौँ,’ सिंहले भने, ‘उहाँ जेनजीका मुद्दा बोकेर सडकमा आउनुभएको होइन।’

उनले आन्दोलनमा सहभागी युवामाथि पक्राउ, धरौटी तथा कानुनी कारबाही गरिएको विषय उठाउँदै जेनजीको नाममा विधिको शासन र लोकतान्त्रिक मूल्यविपरीतका गतिविधि गर्न नहुने बताए।

‘जेनजीले नियम–कानुन मान्नु हुँदैन, लोकतन्त्र मान्नु हुँदैन वा विधिको शासन मान्नु हुँदैन भनेर कहिल्यै भनेको छैन,’ उनले भने, ‘जेनजीको भावना विपरीत काम गर्ने व्यक्तिलाई जेनजीको नेता वा प्रतिनिधि मान्न सकिँदैन।’

उनले आन्दोलनका क्रममा न्यायालय, सर्वोच्च अदालत तथा सिंहदरबारजस्ता संरचनामा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै त्यस्ता गतिविधिलाई जेनजी आन्दोलनको भावनासँग जोड्न नहुने बताए।

 ‘सिंहदरबारमा अझै जेनजीको पहुँच छैन’

आन्दोलनको एक वर्ष पुग्दा पनि वास्तविक रूपमा परिवर्तनका लागि सडकमा उत्रिएका युवाको राज्यसत्तामा पहुँच स्थापित हुन नसकेको सिंहको भनाइ छ।

‘अहिले पनि परिवर्तनका लागि सडकमा आएका युवाहरूको सिंहदरबार वा बालुवाटारमा पहुँच छैन,’ उनले भने।

उनले विदेश पलायन हुने युवाको लामो लाइन, बेरोजगारी, राजनीतिक पहुँचका आधारमा राज्यका निकायमा हुने काम तथा भ्रष्टाचारजस्ता समस्या यथावत् रहेको बताए। सामाजिक सञ्जालमा सरकारका कामको प्रचार धेरै भए पनि जनताले अनुभूति गर्ने गरी परिणाम नदेखिएको उनको आरोप छ। सरकारका उपलब्धि प्रचारभन्दा पीडितले न्याय पाउनु र नागरिकले सार्वजनिक सेवामा सुधारको अनुभूति गर्नु महत्वपूर्ण हुने उनले बताए।

‘प्रत्येक घरमा जेनजी छ’

सिंहले जेनजी कुनै निश्चित संस्था, समूह वा व्यक्तिसँग मात्र सीमित नरहेको दाबी गरे। उनका अनुसार देशमा परिवर्तन, सुशासन र नागरिकको अधिकारका लागि आवाज उठाउने युवालाई जेनजीका रूपमा बुझिनुपर्छ।

‘प्रत्येक घरमा जेनजी छ,’ उनले भने, ‘राष्ट्रका लागि र परिवर्तनका लागि लडेका युवाहरू नै जेनजी हुन्।’

उनले विदेशी संस्था वा अन्य कुनै समूहसँग आबद्ध व्यक्तिलाई मात्र जेनजीको प्रतिनिधिका रूपमा प्रस्तुत गर्न नहुने बताए। 

आन्दोलनको एक वर्षपछि पनि मूल समस्या समाधान नभए जनअसन्तुष्टि फेरि सडकमा आउन सक्ने सिंहले चेतावनी दिएका छन्। उनका अनुसार आन्दोलनका क्रममा भएका दुःखद् घटनाबाट पाठ सिक्दै अबको संघर्षलाई थप व्यवस्थित बनाउने तयारी भइरहेको छ।

‘यही अहंङ्कारी शैलीमा नियम–कानुन नमानेर अगाडि बढ्ने हो भने फेरि जेनजी विद्रोह हुन सक्छ,’ उनले भने, ‘फेरि अर्को आन्दोलनको खाका र मोडालिटी तयार हुन सक्छ।’

उनले आन्दोलनका क्रममा ज्यान गुमाएका, घाइते भएका तथा परिवर्तनका लागि सडकमा उत्रिएका युवाप्रति सम्मान व्यक्त गर्दै आगामी दिनमा सरकारका गतिविधिमाथि निरन्तर खबरदारी गर्ने बताए।

‘हामी अहिले पनि परिवर्तनका लागि सडक संघर्षमै छौँ,’ सिंहले भने, ‘सरकारले चाल्ने हरेक कदममा निरन्तर खबरदारी गर्छौँ।’

जेनजी आन्दोलनको एक वर्ष पूरा हुँदैगर्दा सिंहको अभिव्यक्तिले आन्दोलनबाट उत्पन्न राजनीतिक परिवर्तन र त्यसले जनअपेक्षा पूरा गर्न सके–नसकेको विषयमा बहस पुनः सतहमा ल्याएको छ। आन्दोलनले राजनीतिक नेतृत्व परिवर्तन गरे पनि सुशासन, जवाफदेहिता, भ्रष्टाचार नियन्त्रण र न्यायका प्रश्न अझै समाधान हुन बाँकी रहेको उनको निष्कर्ष छ।

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३  १०:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस
सम्बन्धित सामग्री
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक कांग्रेसको १५औँ महाधिवेशनका लागि ७ हजार २ सय ५५ जना अन्तिम मतदाता कायम भएका छन् । मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल रास्वपा धादिङले मंगलबार धादिङबेसीमा आयोजना गरेको अभियान शुभारम्भ कार्यक्रममा उनले निर्वाचनका बेला मात्रै जनताको घरदैलोमा पुग्ने राजन... मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध उपसभापति महिलातर्फ भुसालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन्। मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्