काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ। बैठक बीपी नगरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा दिउँसो १ बजे बस्ने भएको हो।
आइतबार दिउँसो सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकमा विभिन्न विषयमा छलफल भएको थियो।
भोटेकोशी बाढीका विषयमा बैठक बढी केन्द्रित भएको र त्यसका बारेमा सरकारलाई आवश्यक सुझाव सल्लाह दिने, आफ्नो तर्फबाट गर्न सकिने कामहरू प्रभावित क्षेत्रमा गरिरहने, पार्टीको संरचना र भातृ तथा सुभेक्षुक संगठनहरूलाई थप परिचालन गर्ने, पीडितहरूलाई सहयोग गर्ने, उद्धार तथा राहत र पुनर्निर्माणका थप योगदान गर्ने निर्णय भएको थियो।
पार्टीको अनुशासन उल्लङ्घन गरेका, पार्टी परित्याग गरेका, निधन भएका बाहेक सबैलाई पन्ध्रौ महाधिवेशनका लागि नवीकरण गरेपनि अध्यावधिक नगरेकाहरूलाई १५औं महाधिवेशनमा सहभागी हुन मिल्ने निर्णय गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।