• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको आश्वासन: सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता गर्दैन

64x64
नेपाल लाइभ आइतबार, भदौ २१, २०८३  २०:५४
1140x725

काठमाडौं– प्रधानमन्त्री बालेन शाहले रसुवा बाढीपछिको संकट व्यवस्थापनमा खटिएका राज्यका तीनै तहका सुरक्षा निकायलाई ढाडस दिँदै विशेष धन्यवाद ज्ञापन गरेका छन् ।

आइतबार साँझ सामाजिक सञ्जालमार्फत राष्ट्रसेवक सुरक्षाकर्मीमाथि सम्बोधन गर्दै प्रधानमन्त्री शाहले अहिलेको योगदानको उच्च कदर हुने बताएका छन् ।

साथै, उनले सुरक्षाकर्मीहरूको सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता नगर्ने पनि बताएका छन् ।

‘सुरक्षाकर्मीको यो योगदानको उच्च कदर हुनेछ । तपाईंहरूको सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता गर्ने छैन,’ उनले भनेका छन्, ‘संकटका बेला खटिरहन प्रेरित गर्ने तपाईंको घरपरिवारप्रति पनि हामी कृतज्ञ छौं ।’


उनले नुवाकोटको विदुर नगरपालिका–६ मा रहेको केन्द्रीय कारागारका कैदीबन्दीहरूलाई सार्न र भाग्न खोजेकालाई नियन्त्रणमा लिन सफल भएकोमा प्रहरी प्रशासनमाथि धन्यवाद दिएका छन् ।

यसलाई एउटा उदाहरण मान्दै प्रधानमन्त्री शाहले अन्य कयौं काम सुरक्षाकर्मीहरूले यो विपद्को बेलामा गरेको भन्दै प्रशंसा गरेका हुन् ।

यस्तो छ प्रधानमन्त्रीको सम्बोधन

राष्ट्रसेवक सुरक्षाकर्मीज्यूहरू,

Ncell 2
Ncell 2
nimb
nimb

नुवाकोटको विदुर ६, खम्पा क्याम्पस्थित केन्द्रीय कारागारमा ९२३ जना कैदीबन्दीहरूलाई राखिएको थियो। भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढी दायाँबायाँ क्षति पुर्‍याउँदै अघि बढ्यो।

यसबारे थाह पाएपछि कारागारको सुरक्षार्थ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका कमान्डरहरूसहित ५२ जना सुरक्षाकर्मीहरूले अलिकति पनि हिम्मत र धैर्य गुमाउनुभएन। उहाँहरूले २ भवनहरूमा राखिएका सबै कैदीबन्दीलाई माथिल्लो भवनमा सार्नुभयो।

त्यो बेलासम्म त्रिशूलीको तटीय क्षेत्रमा रहेको कारागारको प्रशासनिक भवन, सुरक्षा हाइपोष्ट र पर्खाल ढाल्दै केहीबेर अघिसम्म कैदीबन्दीहरू राखिएको भवनहरूको पहिलो तलासम्म लेदोसहित बाढी पसिसकेको थियो।

सुरक्षाकर्मीहरूका लागि त्यति मात्रै चुनौती थिएन। बाढीको मौका छोपेर पर्खाल र गेट तोडी १०० मिटरसम्म भागिसकेका ५० जना कैदीबन्दीहरूलाई उहाँहरूले पुनः नियन्त्रणमा लिनुभयो। भाग्न नपाएका कैदीबन्दीहरूले गरेको आक्रमणबाट हाम्रा केही सुरक्षाकर्मीहरू घाइते हुनुभयो। उहाँहरूले वरपरका स्थानीय बासिन्दाको समेत ज्यान रक्षा गर्नुभयो।

Xtrem

Xtrem

आज पनि उहाँहरू बस्ने ब्यारेक र कार्यालय लेदोमै छ, पहुँचमार्ग अस्तित्वमै छैन। खानेपानीको व्यवस्था बिथोलिएको छ। खेतको आलीलाई बाटो बनाउँदै आफैँ टाढाबाट पानी बोकेर कैदीबन्दीहरूलाई खुवाउने, बाटो खुलाउने र उच्च मनोबलका साथ ड्युटीमा उभिने हाम्रा सुरक्षाकर्मीहरूको यो साहस अद्भुत छ।

यो त एक उदाहरण हो।

यो विपद्मा हाम्रा सुरक्षाकर्मीहरूले कैयौँ उदारहणीय काम गर्नु भएको छ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाकर्मीहरूको संयुक्त प्रयासमा प्रभावित क्षेत्रहरूबाट अहिलेसम्म १३ हजार ३ सय ९१ मानिसहरूलाई उद्धार गरिएको छ। स्थलमार्ग, हेलिकप्टरमार्फत र कहीँकतै आफ्नै काँधमा बोकेर समेत घाइतेहरूलाई तत्काल अस्पताल पुर्‍याउनुभयो।

शवलाई संवेदनशीलताका साथ व्यवस्थापन गर्न, प्रभावित क्षेत्रमा महामारी वा संक्रामक रोग फैलिन नदिन र शिविरहरूमा प्रभावितहरूलाई हौसला बढाउन हाम्रा तीनै निकायका सुरक्षाकर्मीहरू अहोरात्र खटिरहनुभएको छ।

कठिन भूगोल छ। प्रतिकूल मौसम छ। तर, हाम्रा सुरक्षाकर्मीहरू बाढीले थुपारेको दलदल र भग्नावशेषमा खोस्रिरहनुभएको छ।

तपाईंहरूले प्रभावितहरुको पीडा गहिरोसँग बुझ्नुभएको छ। बाढीका कारण सम्पर्कविहीन भएको भन्दै आफ्ना मान्छे खोजिदिन तपाईंहरुसँग आग्रह गर्ने मानिसहरुको संख्या ठूलो छ। त्यसैले तपाईंहरूले आफ्नो थकान र तनाव भुल्नुभएको छ, अहोरात्र खटिरहनुभएको छ, खोजिरहनुभएको छ, उद्धार गरिरहनुभएको छ।

हामीलाई थाहा छ तपाईंहरु पनि साथीहरु गुमाएको पीडामा हुुनुहुन्छ। बाढीका कारण ४५ नेपाली सेना, २५ नेपाल प्रहरी र १२ सशस्त्र प्रहरी अझै सम्पर्कविहीन हुनुहुन्छ। यस्तो पीडामा आँशु लुकाएर दलदलमा पसिरहनुभएको छ। सकिनसकी शव उठाइरहनुभएको छ। होल्डिङ सेन्टरमा दिनरात पहरेदारी दिइरहनुभएको छ। अझै पनि बाढी आउन सक्ने सूचना आएकाले सर्तक रहन माइकिङ गर्दै हिँडिरहनुभएको छ।

तपाईंहरु नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल काँधमा काँध मिलाएर संकट व्यवस्थापनमा लागिरहनुभएको छ।

आ आफ्ना मुख्यालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कमाण्ड पोष्टबाट कमाण्डरहरुले प्रभावित क्षेत्रमा खटिरहेका सुरक्षाकर्मीहरूलाई निर्देशन दिइरहनुभएको छ। समन्वय गरिरहनुभएको छ।

कमान्डरहरुलाई चिन्ता पनि छ होला कतै आफ्ना सुरक्षाकर्मी खोजी र उद्धारमा खटिदै गर्दा आफै अफठ्यारोमा पर्छन् की? त्यसैले प्रभावित क्षेत्रमा खटिरहनु भएका आफ्ना साथीहरुको मनोवल उच्च राख्ने प्रयास गरिरहनुभएको छ।

नेपाली सेनाः बाढी आएलगत्तै सैनिक मुख्यालयको योजना अनुसार नुवाकोटको त्रिशूली बट्टारस्थित मैथिल ब्यारेकमा उपरथीको नेतृत्वमा ‘फरवार्ड हेडक्वार्टर’, ‘इमर्जेन्सी मेडिकल रेस्क्यु टिम’ र मुख्य ‘फरवार्ड एयर बेस’ खडा गरी उद्धार कार्य भइरहेको छ। रसुवाको धुन्चे ब्यारेकमा सहायक रथीको नेतृत्वमा ‘ट्याक्टिकल हेडक्वार्टर’,चिकित्सकसहितको‘फरवार्ड मेडिकल टिम’ र अतिरिक्त ‘एयर बेस’ सञ्चालन गरिरहेको छ। प्रभावित क्षेत्रको कठिन भूगोलहरूमा अन्य सुरक्षा निकायहरूको सहयोग लिएर उद्धार कार्यको अगुवाइ गरिरहेको छ। विद्युत् आयोजनाका सुरुङ क्षेत्रमा पनि खोज तथा उद्धार कार्यको नेतृत्व गरिरहेको छ। यो उद्धार टोलीमा सशस्त्र प्रहरी बल, नेपालको विशेष खोज तथा उद्धार टोली र नेपाल प्रहरीको ‘डग टीम’ परिचालन भइरहेको छ। साथै, सेनाले तत्काल आवागमन सहज बनाउन बेलीब्रिज निर्माण र बाटो खोल्ने काम तीव्र पारेको छ। नुवाकोटको देवीघाटमा सेना आफैले आफ्ना इन्जिनियरहरु परिचालन गरी एक्रो ब्रिज जडान गरिरहेको छ। बाढी प्रभावित क्षेत्रमा अहिले ९ हजार २ सय ८७ जना सेना खटिरहनुभएको छ।

नेपाल प्रहरीः बाढी प्रभावित क्षेत्रमा सुरुआतबाटै अग्रपङ्क्तिमा खटिएर खोज, उद्धार तथा राहत वितरणमा नेपाल प्रहरी सक्रिय छ। तालिमप्राप्त कुकुरहरूले खोजी तथा उद्धारलाई सहयोग गरेका छन्। घाइतेहरूलाई जतिसक्दो चाँडो अस्पताल पुर्‍याउने काम भइरहेको छ। शव व्यवस्थापनमा प्रहरीले नेतृत्व गरिरहेको छ। जोखिमपूर्ण क्षेत्रहरूमा निरन्तर सूचना प्रवाह गर्दै नागरिकको जिउधनको सुरक्षा गरिरहेको छ। त्यति मात्रै होइन, प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न पनि प्रहरीले उत्तिकै मिहिनेत गरिरहेको छ। हाल बाढी प्रभावित क्षेत्रमा ७ हजार ९ सय ७५ प्रहरी खटिरहनु भएको छ।

सशस्त्र प्रहरी बल, नेपालः कठिन भूगोल र उर्लँदो भोटेकोशी—त्रिशूली नदीको जोखिम मोल्दै विपद् व्यवस्थापनमा विशेष तालिमप्राप्त गोताखोर, डोरी टोलीलगायत उद्धार टोलीमार्फत प्रत्यक्ष खोज तथा उद्धारमा सक्रिय रूपमा खटिरहेको छ। त्यसको लागि प्रभावित क्षेत्रमा विपद् प्रतिकार्य पोष्ट, फिल्ड कमाण्ड पोष्ट, १३ वटा विपद् प्रतिकार्य बेस स्थापना गरिएको थियो। ड्रोन स्क्वाड परिचालन गरिरहेको छ। केनाइन टोली पनि सँगसँगै खटाएको छ। प्रभावित क्षेत्रमा उपचार सेवा दिइरहेको छ। प्रभावित क्षेत्रको नेपाल चीन सीमानामा नेपाली झण्डा स्थापना गर्न सफल भएको छ। हाल प्रभावित क्षेत्रमा ४ हजार २ सय ३ जना सशस्त्र प्रहरी खटिरहनुभएको छ।

राष्ट्रसेवक सुरक्षकर्मीहरु,

तपाईंहरूकै त्याग, निष्ठा र अदम्य साहसका कारण नै आज संकटको बेला लाखौँ मानिसहरुले सुरक्षित महसुस गर्न पाउनुभएको छ। कार्यक्षेत्रमा खटिनुहुने तपाईंहरु प्रत्येक सुरक्षाकर्मीको यो योगदानको उच्च कदर हुनेछ। तपाईंहरूको सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता गर्ने छैन।

संकटका बेला खटिरहन प्रेरित गर्ने तपाईंको घरपरिवारप्रति पनि हामी कृतज्ञ छौं।

संकट व्यवस्थापनका लागि हाम्रा सुरक्षाकर्मीसँगै खटिरहनुभएका देश तथा विदेशका अन्य विज्ञहरुलाई पनि हामी विशेष धन्यवाद दिन्छौं।

राष्ट्रसेवक सुरक्षाकर्मीज्यूहरु,

तपाईंहरुप्रति हामी सँधै कृतज्ञ रहनेछौं।

प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३  २०:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस
सम्बन्धित सामग्री
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक कांग्रेसको १५औँ महाधिवेशनका लागि ७ हजार २ सय ५५ जना अन्तिम मतदाता कायम भएका छन् । मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल रास्वपा धादिङले मंगलबार धादिङबेसीमा आयोजना गरेको अभियान शुभारम्भ कार्यक्रममा उनले निर्वाचनका बेला मात्रै जनताको घरदैलोमा पुग्ने राजन... मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध उपसभापति महिलातर्फ भुसालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन्। मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्