काठमाडौं– गृहमन्त्री सुधन गुरुङ अस्पताल भर्ना भएको समाचार झुटो रहेको सचिवालयले जानकारी दिएको छ ।
बरु उनी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएकाहरूको अस्वथा बुझ्न अस्पताल जानुभएको सचिवालयले प्रस्ट पारेको छ ।
'गृहमन्त्री सुधन गुरुङज्यू अस्पताल भर्ना भएको भन्ने समाचार भ्रामक रहेको जानकारी गराउँछौँ', गृहमन्त्री गुरुङको सचिवालयबाट जारी प्रेस नोटमा भनिएको छ, 'उहाँ बाढी प्रभावित क्षेत्रबाट उद्धार भएका बिरामीहरूको पछिल्लो अवस्था बुझ्न छाउनी अस्पताल जानुभएको हो ।'
यसअघि नेपाल लाइभमा गृहमन्त्री गुरुङ अस्पताल भर्ना शीर्षकमा समाचार प्रकाशित भएको थियो । विभिन्न सञ्चारमाध्यममा गृहमन्त्री बिरामी भएर अस्पताल भर्ना भन्ने समाचार आए पनि उनको सचिवालयले भने त्यसको खण्डन गर्दै अस्पतालमा बाढीबाट उद्धार गरिएका घाइतेको अवस्था बुझ्न गएको बताएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।