फाइल तस्बिर
काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइराला र सभापति गगन थापा बिच आज १२:३० बजे भेटघाट भएको छ ।
भेटघाटका क्रममा दुई नेताबीच कांग्रेस पार्टीभित्रको आन्तरिक समस्या समाधानका बिषयमा कुराकानी भएको डा कोइरालाको सचिवालयले जानकारी दिएको छ ।
डा शेखर कोइरालाले अहिले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेकाले कांग्रेस पार्टी एकढिक्का हुनुको बिकल्प नरहेको भन्दै यसका लागि आफ्नो तर्फबाट जे जति त्याग गर्न पनि आफू तयार रहेको प्रष्ट पारेका छन् ।
जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताकै पक्षमा रहेको बताए ।
साथै उनीहरूबीच यहि २०८३ भदौ १० गते बुधवारका दिन नेपाल-चिन सिमाना रसुवामा आएको विनाशकारी बाढी र त्यसपछि रसुवा, नुवाकोट र धादिङको पछिल्लो अवस्थाका बारेमा पनि छलफल भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।