• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर ७, २०८३ Mon, Nov 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ?

64x64
नेपाल लाइभ शनिबार, भदौ २०, २०८३  १२:३४
1140x725

बुटवल –जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशसभाका आफ्ना चार सांसदलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि लुम्बिनी प्रदेश सरकार संकटमा परेको छ।

जसपा नेपालले चार सांसदलाई पार्टीबाट निष्कासन गरिएको जानकारीसहितको पत्र प्रदेशसभा सचिवालयमा पठाएको छ। पत्र प्रदेशसभामा जानकारी गराइएपछि सांसदहरूको पद रिक्त हुने अवस्था आउने भएकाले मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारको बहुमतमाथि प्रश्न उठ्ने देखिएको हो।

जसपा नेपालबाट कारबाहीमा पर्ने सांसदहरूमा सन्तोषकुमार पाण्डे, हेमा बेल्बासे केसी, भण्डारीलाल अहिर र आदेशकुमार अग्रवाल छन्। पाण्डे सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री र अहिर आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्री छन्। अग्रवाल भने पूर्वमन्त्री हुन्।

गत भदौ १ गते मुख्यमन्त्री आचार्यले प्रदेशसभाबाट विश्वासको मत लिँदा ४५ सांसदले उनको पक्षमा मतदान गरेका थिए। ८३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४२ मत आवश्यक थियो।

त्यतिबेला एमालेका २९, नेकपाका १२ मध्ये ११, जसपा नेपालका पाँचमध्ये चार र राष्ट्रिय जनमोर्चाकी एक सांसदले आचार्यको पक्षमा मतदान गरेका थिए। जसपाकी अम्बिका काफ्ले भने मतदान प्रक्रियामा सहभागी भएकी थिइनन्।

तर, त्यसयता सत्ता समीकरणमा थप परिवर्तन आएको छ। साविक नागरिक उन्मुक्ति पार्टी हाल नेकपामा समाहित भएपछि नेकपामा रहेका दुई सांसद राजकुमार चौधरी र अर्का एक सांसदले मन्त्रिमण्डल विस्तारप्रति असन्तुष्टि जनाउँदै प्रतिपक्षी बेन्चमा बस्न सभामुखसमक्ष निवेदन दिएका छन्।

जसपाका चार सांसद कारबाहीमा परेको र सत्ता पक्षकै दुई सांसदले विपक्षी बेन्चमा बस्न माग गरेको अवस्थामा मुख्यमन्त्री आचार्यले भदौ १ गते प्राप्त गरेको विश्वासको मतको अंकगणित कमजोर बनेको छ।

नेपाली कांग्रेसकी सचेतक निमा गिरीले मुख्यमन्त्रीले पुनः विश्वासको मत लिएर बहुमत सिद्ध गर्नुपर्ने बताइन्। उनका अनुसार अहिलेको परिस्थितिमा मुख्यमन्त्रीले बहुमत कायम रहेको प्रमाणित गर्नुपर्ने अवस्था आएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘अब मुख्यमन्त्रीले फेरि विश्वासको मत लिएर बहुमत सिद्ध गर्नुपर्छ,’ गिरीले भनिन्, ‘उहाँले बहुमत सिद्ध गर्न नसके नेपाली कांग्रेसले सरकारको नेतृत्व लिन पहलकदमी लिनुपर्ने हुन्छ।’

अधिवक्ता महेन्द्र पाण्डेयले पनि मुख्यमन्त्री आचार्यले पुनः विश्वासको मत लिनुपर्ने बताएका छन्। जसपा नेपालबाट निष्कासनमा परेका सांसदहरूले अदालतमा चुनौती दिन सक्ने भए पनि हालको राजनीतिक तथा कानुनी परिस्थितिमा मुख्यमन्त्रीले प्रदेशसभाबाट पुनः बहुमत पुष्टि गर्नुपर्ने उनको तर्क छ।

सत्ता पक्षकै सांसदहरू विपक्षी बेन्चमा गएपछि भदौ १ गते मुख्यमन्त्रीले प्राप्त गरेको विश्वासको मतको आधार खण्डित भएको भन्दै उनले पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको बताए।

यता, जसपा नेपालका महासचिव डा। सुरेन्द्रकुमार झाले कारबाहीमा परेका सांसदहरूको पद रिक्त गर्ने प्रक्रिया अघि बढाउन प्रदेशसभा सचिवालयमा छिट्टै पत्राचार गरिने बताएका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

लुम्बिनी प्रदेशसभामा हाल एमाले, नेकपा, जसपा नेपाल र राष्ट्रिय जनमोर्चा सत्तारुढ गठबन्धनमा छन् भने नेपाली कांग्रेस र जनमत पार्टी विपक्षमा छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ अवस्थामा छ।

गत भदौ १ गते जसपाका चार सांसदले मुख्यमन्त्री आचार्यको पक्षमा मतदान गरेका थिए। ती चार सांसदको समर्थनबिना त्यतिबेला आचार्यले प्रदेशसभामा आवश्यक बहुमत जुटाउन नसक्ने अवस्था थियो। अहिले तिनै सांसद पार्टी कारबाहीमा परेपछि लुम्बिनी सरकारको बहुमत र आगामी राजनीतिक समीकरणबारे नयाँ प्रश्न खडा भएको छ।

प्रकाशित मिति: शनिबार, भदौ २०, २०८३  १२:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राउटे समुदायको जीवनस्तर उकास्न विशेष कार्यक्रम ल्याउने सरकारको तयारी
दुईदिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री शाह नयाँ दिल्लीबाट स्वदेश प्रस्थान
मोदीसँग वार्तापछि प्रधानमन्त्री बालेनले के भने? सम्बोधनको [पूर्णपाठ]
सम्बन्धित सामग्री
दुईदिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री शाह नयाँ दिल्लीबाट स्वदेश प्रस्थान परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्... सोमबार, मंसिर ७, २०८३
मोदीसँग वार्तापछि प्रधानमन्त्री बालेनले के भने? सम्बोधनको [पूर्णपाठ] भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको वार्तापछि सोमबार नयाँदिल्लीमा सम्बोधन गर्दै उनले नेपाल–भारत सम्बन्धलाई आपसी विश्वास, सहकार्य... सोमबार, मंसिर ७, २०८३
प्रधानमन्त्री वालेन र भारतका राष्ट्रपति द्रौपदीबीच भेटवार्ता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुई दिने राजकीय भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका प्रधानमन्त्री वालेनले यो भेटवार्... सोमबार, मंसिर ७, २०८३
ताजा समाचारसबै
राउटे समुदायको जीवनस्तर उकास्न विशेष कार्यक्रम ल्याउने सरकारको तयारी सोमबार, मंसिर ७, २०८३
दुईदिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री शाह नयाँ दिल्लीबाट स्वदेश प्रस्थान सोमबार, मंसिर ७, २०८३
मोदीसँग वार्तापछि प्रधानमन्त्री बालेनले के भने? सम्बोधनको [पूर्णपाठ] सोमबार, मंसिर ७, २०८३
प्रधानमन्त्री वालेन र भारतका राष्ट्रपति द्रौपदीबीच भेटवार्ता सोमबार, मंसिर ७, २०८३
जिपको ढोकाबाट खसेर एक जनाकाे मृत्युु सोमबार, मंसिर ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
किन जारी भयो पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी ? आइतबार, मंसिर ६, २०८३
दानबहादुर कार्कीको रिटको सुनुवाई स्थगित सोमबार, मंसिर ७, २०८३
प्रधानमन्त्री बालेनसँगको भेटपछि भारतीय विदेशमन्त्रीले के भने ? आइतबार, मंसिर ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा धर्मेन्द्र झा
वृहत् शान्ति सम्झौता भएको त्यो दिन र यो समय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्