काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले बालबालिकाहरूलाई आजैदेखि विपद्सँग लड्न, बच्न र अरूलाई बचाउन सिक्न आग्रह गरेका छन् ।
कृष्ण जन्माष्टमीका अवसरमा फेसबुक पोस्टमार्फत जलवायु परिवर्तनको ठूलो असर हिमालय क्षेत्रमा परिसकेको र नेपालमाथि हालै आइपरेको विपद्को वज्रपातबारे सारा संसारले थाहा पाइसकेको बताएका छन् ।
उनले लेखेका छन्, ‘आफ्नो सुनौलो भोलिका लागि आजैदेखि विपद्सँग लड्न, बच्न र अरूलाई बचाउन सिक्नुपर्छ ।’
उनले पूर्वतयारीका लागि विपद् झोला, बचत र यसबारे अध्ययन र छलफलमा लाग्न आग्रह गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।