काठमाडौं– नेकपा एमालेले शुक्रबारबाट रसुवा र नुवाकोटका बाढी–पहिरो प्रभावितका लागि राहत वितरण कार्यक्रम सुरु गर्ने भएको छ।
एमाले सचिव महेश बस्नेतका अनुसार अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा राहत वितरण कार्यक्रम सुरुआत गर्ने भएका हुन्।
‘जिल्लास्तरीय राहत, उद्धार तथा पुनःस्थापना सहयोग समितिमार्फत खाद्य सामग्रीसहितका राहत प्याकेट वितरण गरिनेछ,’ उनले भने।
राहत वितरणपछि अध्यक्ष ओली नुवाकोट जानेछन्। उनले बाढी–पहिरो प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्नुका साथै भइरहेको राहत तथा उद्धार कार्यको अवलोकन गर्ने कार्यक्रम रहेको बस्नेतले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।