काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक एक दिन पछि सरेको छ। यसअघि बैठक शनिबार दिउँसो १ बजे बस्ने तय भएको थियो।
तर, कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकको मिति परिवर्तन गरिएको जानकारी दिएका हुन्।
उनका अनुसार बैठक अब आइतबार दिउँसो १ बजे बस्ने छ।
बैठक पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।