काठमाडौं– रास्वपाले पार्टीका सांसदद्वय सागर ढकाल र श्रीराम न्यौपानेका कारण उद्धारमा अवरोध सिर्जना भएको भए तत्काल फर्किन निर्देशन दिएको छ ।
सुरुङमा फसेकाहरूको उद्धारमा खटिएका रास्वपाको सांसदहरूका कारणले उद्धार कार्य असहज भएको भन्दै आलोचना भएपछि संसदीय दलका उपनेता गणेश पराजुलीले फर्किन निर्देशन दिएका हुन्।
सांसद न्यौपाने सुरुङसँग सम्बन्धित इन्जिनियर र ढकाल आर्किटेक्ट इन्जिनियर भएकाले उनीहरू फिल्डमा गएर समन्वयकारी भूमिका निर्वाह गरिरहेको आफूहरूको बुझाइ रहेको उनको भनाइ छ ।
संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘उहाँहरू एक जना टनेलसँग सम्बन्धित इन्जिनियर हुनुहुन्छ, एक जना आर्किटेक्ट इन्जिनियर हुनुहुन्छ। उहाँहरू दुवै जना त्यहाँ फिल्डमा गएर समन्वयकारी भूमिका गरिराख्नुभएको भन्ने हाम्रो बुझाइ हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।