काठमाडौं– सरकारले रसुवा भोटेकोसी बाढीमा मृत्यु भएकाहरूको सम्झनामा राष्ट्रिय शोक मनाउने भएको छ।
आज (बिहीबार) को मन्त्रिपरिषद् बैठकले बाढीको १३ औँ दिन अर्थात् भदौ २२ गते राष्ट्रिय शोक मनाउने भएको हो।
शोकमा सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।