काठमाडौं– प्रतिनिधि सभाको बैठक सुरु भएको छ।
बैठकमा प्रधानमन्त्री शाहले सम्बोधन गरिरहेका छन्।
प्रधानमन्त्री शाहले संसद् बैठकमा उपस्थित भएर रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार, खोजी, राहत तथा पुनर्स्थापनाका बारेमा जानकारी गराइरहेका छन् ।
१० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो धनजनको क्षति भएको छ ।
सो क्रममा प्रधानमन्त्री शाह आइतबारको बैठकमा उपस्थित भएका हुन् । उनी अहिले रोष्ट्रममा उपस्थित भएका छन् ।
आज प्रतिनिधि सभामा सभामुखले भोटेकोशी बाढी र त्यसले निम्त्याएको क्षतिबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।