काठमाडौं– प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्ने भएका छन्।
प्रतिनिधि सभाको आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने संघीय संसद सचिवालय स्रोतले जानकारी दिएको छ।
‘आज संसदमा सरकारकातर्फबाट सम्बोधन हुने तय भएको छ । सम्माननीय प्रधानमन्त्रीज्यूबाट सम्बोधन हुने कुरालाई नकार्न सकिन्न । तर कन्फर्म भन्न मिलेन’ संसद सचिवालयका प्रवक्ता एकराम गिरीले नेपाललाइभसँग भने ।
भदौ १० गते भोटेकोशी-त्रिशूलीमा आएको बाढीले ठूलो जनधनको क्षति गरेको छ। उद्धार तथा राहतका कामहरू भइरहेका छन्।
अहिलेसम्म ११ सय १३ जनाको शव फेला परिसकेको छ भने ४८ सय ५८ जना सम्पर्कविहीन छन्।
प्रधानमन्त्री शाहले भोटेकोशी-त्रिशूली बाढीपछि राष्ट्रका नाममा सम्बोधन गरेका छैनन् भने दिनहुँ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राखेर जानकारी गराउने गरेका छन्।
आज प्रतिनिधि सभामा सभामुखले भोटेकोशी बाढी र त्यसले निम्त्याएको क्षतिबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।