काठमाडौं–भोटेकोशी बाढीपछिको खोज, उद्धार तथा राहत व्यवस्थापन र विपद् जोखिम न्यूनीकरणका विषयमा आज बसेको सर्वदलीय बैठकले तीन महत्वपूर्ण निष्कर्ष निकालेको छ।
मंगलबार रास्वपाले बोलाएको बैठकले यसअघि शीर्ष नेतृत्वसहितको बैठकबाट भएका १० बुँदे निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि तीनै तहका सरकारलाई सहयोग गर्ने निर्णय गरेको छ।
त्यस्तै, केन्द्रमा जस्तै प्रदेश, जिल्ला र स्थानीय तहमा समेत सरकारलाई सहयोग गर्न राजनीतिक संयन्त्रमार्फत काम गर्ने सहमति भएको छ।
बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका दीर्घकालीन समाधानका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रमार्फत राष्ट्रिय तथा राजनीतिक सहकार्य अघि बढाउने निष्कर्ष निकालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।