काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले विनाशकारी भोटेकोशी बाढीको उद्धारसँगै अब सरकार राहत वितरण र पुनर्स्थापनातर्फ अघि बढेको बताएका छन् ।
मंगलबार साँझ सातौं दिनको रिपोर्ट सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले खोज, उद्धार र राहत वितरणबाट अब सरकार पुनर्स्थापनातर्फ अग्रसर भइरहेको बताएका हुन् ।
देशवासीका नाममा सम्बोधन गर्दै उनले भनेका छन्, ‘आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरुहामी रसुवाका भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार र राहत वितरणबाट अगाडि बढ्दै पुनःस्थापनातर्फ अग्रसर भइरहेका छौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।