काठमाडौं– नेकपा एमालेले भोटेकोशी बाढीपीडितका लागि घोषणा गरेको १ करोड १० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा नगरी पार्टीकै राहत कोषमार्फत प्रभावित क्षेत्रमा परिचालन गर्ने भएको छ।
एमाले महासचिव शंकर पोखरेलका अनुसार पार्टीले संकलन गर्ने रकम केन्द्रीय राहत कोषमा जम्मा गरी आवश्यकता अनुसार केन्द्र र स्थानीय तहलाई उपलब्ध गराइनेछ।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले सरकारी कोषमा रकम जम्मा भए पनि पीडितसम्म राहत नपुगेको भन्दै पार्टीकै संयन्त्रबाट राहत तथा पुनर्निर्माणमा सहयोग गर्ने बताए।
एमालेले बाढी प्रभावित क्षेत्रमा स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदन सोमबार अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।