काठमाडौं– जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले आफ्नै पार्टीका तत्कालीन कोषाध्यक्ष सुरेन्द्रनारायण यादवमाथि लगाएको ठगीको मुद्दामा ललितपुर जिल्ला अदालतले साेमबार विपक्षमा फैसला सुनाएको छ ।
न्यायाधीश हरिसिंह धामीको इजलासले दावी नपुग्ने फैसला सुनाउँदै सुरेन्द्रनारायण यादवलाई निर्दोष ठहर गरेको हाे ।
‘ यस अदालतमा विचाराधीन मुद्दामा प्रस्तुत प्रमाण, बयान तथा कागजा तहरू समेतको आधारमा प्रतिवादी सुरेन्द्रनारायण यादवमाथि लागेको आरोप दाबी पुग्न नसकेको हुँदा निजलाई निर्दोष ठहर गरेको छ ’ फैसलामा भनिएको छ ।
यादवमाथि जनमत पार्टीको रकम हिनामिना गरेको आरोप लागेको थियो। जनमत पार्टीका तत्कालीन प्रवक्ता डा. शरदसिंह यादवले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।
उनले विदेशमा रहेका कार्यकर्ताबाट उठाएको लेबीबाट काठमाडौँमा घर किन्नेदेखि जनकपुरमा व्यवसाय गरेकोसम्म आरोप लगाइएको थियो । करोडौँ रकम हिनामिना गरेको आरोपमा अध्यक्ष राउतले पार्टीमा पनि अनुशासनको कारबाही गरेका थिए।
७ वैशाख २०८२ मा ठगीको कसुरमा सप्तरीबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो। यादव र उनी र उनकी श्रीमती ललिताकुमारी यादवविरुद्ध १ करोड ८५ लाख १ हजार रुपैयाँ बिगो असुल उपर गर्नुपर्ने माग गर्दै मुद्दा दायर भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।