• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३ Sun, Aug 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बलपूर्वक बेपत्ता पार्ने कार्य विरुद्धको अन्तर्राष्ट्रिय दिवसः बालेन सरकारलाई दण्डहीनता अन्त्य गर्ने अवसर

64x64
नेपाल लाइभ आइतबार, भदौ १४, २०८३  १६:२०
1140x725

काठमाडौं– बलपूर्वक बेपत्ता पार्ने कार्य विरुद्धको अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा, द्वन्द्वपीडित समुदाय र नागरिक समाज संस्थाहरूले सन् १९९६ देखि २००६ को सशस्त्र द्वन्द्वका क्रममा भएका गम्भीर मानवअधिकार उल्लङ्घनका पीडितहरूको सत्य, न्याय, प्रभावकारी उपचार र परिपूरणको अधिकार सुनिश्चित गर्न र लामो समयदेखि अवरुद्ध सङ्क्रमणकालीन न्याय प्रक्रियालाई तत्काल अघि बढाउन नेपाल सरकारलाई आह्वान गरेका छन्।

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिका परिवारका लागि ३० अगस्ट केवल स्मरणको दिन मात्र होइन। यो दिनले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको दुई दशक बितिसक्दा पनि हजारौँ परिवार आफ्ना प्रियजनको अवस्था र उनीहरू कहाँ छन् भन्नेबारेको अनिश्चितता र अन्योलका बीच बाँच्न बाध्य रहेको वास्तविकतालाई पनि स्मरण उनीहरुले स्मरण गरेका छन ।

दिवसका अवसरमा आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले प्रधानमन्त्री वालेन्द्र शाह बालेन नेतृत्वमा गठित नयाँ सरकारका सामु सङ्क्रमणकालीन न्याय प्रक्रियामा झन्डै दुई दशकदेखि देखिँदै आएको अनावश्यक ढिलाइ, राजनीतिक हस्तक्षेप र दण्डहीनताको चक्रलाई तोड्ने महत्त्वपूर्ण अवसर पनि रहेको भन्दै सरकारलाई पीडितकेन्द्रित, परामर्शमा आधारित र पारदर्शी प्रक्रियामार्फत सङ्क्रमणकालीन न्याय पूरा गर्ने आफ्नो प्रतिबद्धतालाई ठोस कार्यमा रूपान्तरण गर्न आग्रह गरेका छन् ।

सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३ का माध्यमबाट सत्य निरूपण तथा मेलमिलाप आयोग, सत्य आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीहरूलाई सन् २०२६ को मेमा सरकारद्वारा हटाउने गरी भएको निर्णयले पीडित र नागरिक समाजको व्यापक विश्वास प्राप्त गर्ने गरी प्रक्रिया पुनःसुचारू गर्ने एउटा अवसर प्रदान गरेको भन्दै उनीहरुले अब सरकारले पारदर्शी, योग्यतामा आधारित र सहभागितामूलक प्रक्रियामार्फत स्वतन्त्र, निष्पक्ष र प्रभावकारी सङ्क्रमणकालीन न्याय संयन्त्र स्थापना गर्नुपर्छ भनेका छन ।

‘साथै, ती संयन्त्रहरूलाई आफ्नो जिम्मेवारी पूरा गर्न आवश्यक अधिकार, स्रोतसाधन र संस्थागत स्वतन्त्रता सुनिश्चित गरिनुपर्छ’ ती संस्थाहरुको आग्रह छ ।
नयाँ पदाधिकारी नियुक्तिको कुनै पनि प्रक्रिया सार्वजनिक रूपमा स्पष्ट गरिएका क्षमता, इमानदारी, स्वतन्त्रता र मानवअधिकारसम्बन्धी विशेषज्ञताका मापदण्डमा आधारित हुनुपर्छ भन्दै ती संथाहरुले पीडित र उत्तरजीविहरूको निर्णय भइसकेपछि औपचारिक रूपमा परामर्श लिने मात्र नभई नियुक्ति प्रक्रियामै अर्थपूर्ण भूमिका र सहभागिता सुनिश्चित गरिनु पर्नेमा जोड दिएका छन ।

nimb
nimb

सरकारले बलपूर्वक बेपत्ता पार्ने कार्य, यातना, बलात्कार र अन्य यौनजन्य हिंसा, गैरकानुनी हत्या र अन्तर्राष्ट्रिय कानुनअन्तर्गतका अपराधलगायतका गम्भीर मानवअधिकार उल्लङ्घनका लागि जिम्मेवार व्यक्तिहरूमाथि प्रभावकारी अनुसन्धान गरी निष्पक्ष सुनुवाइमार्फत अभियोजन सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै अन्तर्राष्ट्रिय कानुनअन्तर्गतका अपराधमा कसैलाई पनि माफी दिन सकिँदैन भनेका छन।

‘सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको न्याय प्रक्रिया पीडितकेन्द्रित हुनुपर्छ। आयोगका पदाधिकारीहरूको छनोट, अनुसन्धानका प्राथमिकता निर्धारण, परिपूरणका कार्यक्रमको विकास, अभिलेखिकरणका पहलहरू, सत्यको खोजी र पीडितहरूको स्मृति संरक्षणलगायत न्याय प्रक्रियाका सम्पूर्ण चरणमा पीडितहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गरिनुपर्छ’ उनीहरुको भनाई छ ।

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिका परिवार, द्वन्द्वमा भएका यौन हिंसाका उत्तरजीविहरू, द्वन्द्वमा अपाङ्गता भएका व्यक्ति, द्वन्द्वबाट प्रभावित बालबालिका तथा न्याय र परिपूरण प्राप्त गर्न अवरोधहरू सामना गरेका अन्य व्यक्तिहरूको अधिकार र आवश्यकतामा विशेष ध्यान दिन पनि सुझाइएको छ ।

संयुक्त विज्ञप्तिमा सरकार समक्ष १३ बुँदे आह्वान पनि गरिएको छः 
१. योग्यता, इमान्दारिता, दक्षता र सबै पक्षबाट स्वतन्त्र रहेको प्रमाणित व्यक्तिहरूलाई सत्य आयोग र बेपत्ता आयोगका पदाधिकारीका रूपमा नियुक्त गर्न थप ढिलाइ नगरी स्वतन्त्र र पारदर्शी प्रक्रिया स्थापना गर्न ।
२. आयोगका पदाधिकारीहरूको छनोट प्रक्रिया, कार्यादेश र कार्यसम्पादनमा द्वन्द्वपीडित तथा उत्तरजीवीहरूको अर्थपूर्ण र प्रभावकारी सहभागिता सुनिश्चित गर्न।
३. बलपूर्वक बेपत्ता पार्ने, यातना, गैरकानुनी हत्या, बलात्कार र अन्य स्वरूपका यौनजन्य हिंसालगायत गम्भीर मानवअधिकार उल्लङ्घनका घटनाहरूको अनुसन्धान सुनिश्चित गर्न।
४. फौजदारी दायित्वको पर्याप्त प्रमाण भएको खण्डमा र उपयुक्त अवस्थामा गम्भीर उल्लङ्घनका घटनाहरूमा आदेश दिने, स्वीकृति दिने, सहजीकरण गर्ने वा त्यस्ता घटनाहरू रोक्न वा भएको अवस्थामा सजाय गर्न विफल भएकाहरूका हकमा समेत हुने फौजदारी दायित्वका लागि शीघ्र, प्रभावकारी र स्वतन्त्र अनुसन्धान र अभियोजन सुनिश्चित गर्न।
५. लामो समय लाग्ने अनुसन्धानहरू पूरा नभएसम्म पीडित तथा उत्तरजीविहरूले पर्खनु नपर्ने गरी उनीहरूलाई अन्तरिम राहत, पुनर्स्थापना र उपयुक्त सहयोग सहित प्रभावकारी र विस्तृत परिपूरणको प्रत्याभूत गर्न।
६. सबै पीडितहरूले पुनःआघात, लान्छना वा प्रतिशोधको डरबिना आफ्ना कुरा राख्न सक्ने सुनिश्चित गर्न गोपनीय, लैङ्गिक संवेदनशील र आघात(सूचित प्रक्रियाहरू स्थापना गर्न।
७. बलपूर्वक बेपत्तासम्बन्धी अभिलेख तथा सूचनाहरू सहित द्वन्द्वकालीन प्रमाण र अभिलेखहरूको संरक्षण, जगेर्ना र सुरक्षा गर्न र पीडित तथा तिनका परिवारजनलाई आफ्ना प्रियजनहरूको अवस्थितिको बारेमा सूचनाको पहुँच सुनिश्चित गर्न।
८. पीडित, साक्षी र गोपनीयता तथा सुरक्षाका वैध हितहरूको रक्षा गर्दै आयोगको अनुसन्धान, निष्कर्ष र प्रगतिको पारदर्शिता र सार्वजनिक रिपोर्टिङ सुनिश्चित गर्न।
९. संक्रमणकालीन न्याय प्रक्रिया पूरा गर्न मापनयोग्य मापदण्ड र नियमित सार्वजनिक रिपोर्टिङ सहितको स्पष्ट र समयबद्ध योजना अवलम्वन गर्न र सोलाई सार्वजनिक गर्न।
१०. भविष्यमा मानवअधिकार उल्लङ्घन रोक्न र राज्य एवं गैरराज्य पक्षहरूको जवाफदेहितालाई सुदृढ पार्नका लागि आवश्यक संस्थागत र कानुनी सुधारहरू सहित उल्लङ्घनहरूको पुनरावृत्ति नहुने कुरा सुनिश्चित गर्न।
११. सन् २०२६ मा संयुक्त राष्ट्रसङ्घको जबर्जस्ती बेपत्ता पार्ने कार्यबाट सबै व्यक्तिहरूको संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पारित भएको २०औं वार्षिकोत्सव भइसेको सन्दर्भमा उक्त महासन्धिलाई अनुमोदन गर्न।
१२. बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरू र सङ्क्रमणकाली न्यायको सम्बन्धमा संयुक्त राष्ट्रसङ्घको मानवअधिकार समिति, राष्ट्रिय मानवअधिकार आयोग र सर्वोच्च अदालतबाट हालैको परिपूरणसम्बन्धी निर्णय लगायतका सबै निर्णयहरूलाई थप ढिलाई नगरी विधिवत रूपमा कार्यन्वयन गरिएको सुनिश्चित गर्न।
१३. पीडितका परिवारसँग परामर्श गरी विकास गरिएका स्थानीय र राष्ट्रिय स्मारिका, अभिलेख र र स्मृति दिवसहरू लगायत राज्यद्वारा मान्यता प्राप्त स्मृतिका पहलहरूलाई सांकेतिक परिपूरण र सार्वजनिक स्वीकारोक्तिको एउटा स्वरूपका रूपमा सहयोग र समर्थन गर्न।

प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३  १६:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शव व्यवस्थापनबारे कानुनमन्त्री : ठूलो संख्याका शव चिस्यानमा राख्न सम्भव भएन
भोटेकोशी बाढीले बगाएको ७८८ जनाको शव भेटियो
भोटेकोशी बाढी : आइतबार भेटियो थप ५४ शव
सम्बन्धित सामग्री
शव व्यवस्थापनबारे कानुनमन्त्री : ठूलो संख्याका शव चिस्यानमा राख्न सम्भव भएन रसुवाको विनाशकारी बाढीपछि संकलन गरिएका शवको व्यवस्थापनलाई लिएर प्रश्न उठिरहेका बेला सरकारले ठूलो संख्यामा शवलाई चिस्यानमा राखेर सुरक... आइतबार, भदौ १४, २०८३
भोटेकोशी बाढीले बगाएको ७८८ जनाको शव भेटियो भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न नदी किनार तथा आसपासका क्षेत्रमा हालसम्म ७८८ जनाको शव भेटिएको छ। आइतबार, भदौ १४, २०८३
भोटेकोशी बाढी : आइतबार भेटियो थप ५४ शव रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा आइतबार थप ५४ शव फेला परेका छन्। आइतबार, भदौ १४, २०८३
ताजा समाचारसबै
शव व्यवस्थापनबारे कानुनमन्त्री : ठूलो संख्याका शव चिस्यानमा राख्न सम्भव भएन आइतबार, भदौ १४, २०८३
भोटेकोशी बाढीले बगाएको ७८८ जनाको शव भेटियो आइतबार, भदौ १४, २०८३
भोटेकोशी बाढी : आइतबार भेटियो थप ५४ शव आइतबार, भदौ १४, २०८३
नेपाल दूरसञ्चार प्राधिकरणले दियो २० थान स्याटेलाइट फोन आइतबार, भदौ १४, २०८३
बलपूर्वक बेपत्ता पार्ने कार्य विरुद्धको अन्तर्राष्ट्रिय दिवसः बालेन सरकारलाई दण्डहीनता अन्त्य गर्ने अवसर आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
तीन दिनपछि सुरुङको ‘क्राउन हेड’ भेटियो, उद्धार टोलीले बोलाउँदा आएन जवाफ आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्