हेटौँडा– विपक्षी दलहरुका सांसदको अनुपस्थितिमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिएका छन् । बागमती प्रदेश सभामा रहेका १०४ सांसदमध्ये थापाले सत्तामा सहभागी एमाले, नेकपा र राप्रपाका सांसदहरुको मात्र उपस्थितिमा विश्वासको मत लिएका हुन् ।
प्रदेश सभामा विश्वासको मतका लाग ५३ सांसद संख्या आवश्यक रहेकोमा उनले ५७ मत पाएका छन् । मत दिने सांसद सबै सत्ता साझेदार दलका मात्र हुन् । विपक्षी दल कांग्रेसका ३६, नेमकिपाका ३ र हानेपाका २ सांसद सहभागी थिएनन् ।
उनीहरुले बैठक बहिस्कार गरेका छन् । यस्तै राप्रपाका पाँच सांसद पनि सहभागी भएका थिएनन् । मुख्यमन्त्री थापाले राप्रपाका ७, नेकपाका २६ र एमालेका २६ मध्ये २५ जनाको विश्वासको मत प्राप्त गरेका हुन्। एमालेबाट उपसभामुख सहित २५ सांसद रहेकाले उपसभामुखले मत विभाजनमा सहभागिता जनाइनन्। बागमतीमा राप्रपाका १२ सांसद छन् । ती मध्ये ७ जनाले थापालाई विश्वासको मत दिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।