वीरगन्ज– बाराको सिमराबाट एक जना बालिका बेपत्ता भएकी छन्।
जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–६ निवासी सनाया खातुन बेपत्ता भएको इलाका प्रहरी कार्यालय सिमराले जानकारी दिएको छ ।
सिमरा प्रहरीका प्रहरी नायव उपरीक्षक दयाकृष्णा भट्टले आज खातुन बेपत्ता भएको निवेदन परेको बताए। ११ वर्षीया सनाया बेपत्ता बारे आज मध्यान्ह उनकी आमा गुलाप्सा खातुनले प्रहरीमा जानकारी गराएकी हुन्।
भट्टका अनुसार बालिका असारको दोस्रो सातादेखि नै बेपत्ता भएको जानकारी प्रहरीलाई प्राप्त भएको हो।
प्रहरीका अनुसार सनाया यसअघि पनि एकपटक बेपत्ता भएकी थिइन्। त्यतिबेला प्रहरीले खोजी गरी उनलाई परिवारको जिम्मा लगाएको थियो।
यसपटक पनि लामो समयदेखि बालिका सम्पर्कविहीन रहेको जानकारी पाएपछि प्रहरीले उनको खोजी तीव्र बनाएको जनाएको छ।
प्रहरीले बालिकाको अवस्था वा उनी रहेको स्थानबारे कुनै जानकारी भए नजिकको प्रहरी कार्यालय वा इलाका प्रहरी कार्यालय सिमरामा खबर गरिदिन आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।