काठमाडौं– काठमाडौंको बानेश्वरमा महिला प्रहरीमाथि हातपात भएको छ।
मंगलबार बिहान काठमाडौंको बानेश्वरमा खटिएकी महिला प्रहरी जवानमाथि एक पुरूषले हातपात गरेका हुन्।
आक्रमण गर्ने जुम्ला घर भएका २७ वर्षीय राज कठायत नाम गरेको युवकलाई पक्राउ गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बताए।
उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेर अनुसन्धान सुरु गरिएको छ। सडक सचेतना जगाउँदै जथाभाविबाट बाटो काट्नेलाई आकाशे पुलबाट बाटो काट्न ट्राफिक प्रहरीले भनेको थियो।
सो क्रममा कठायतले उल्टै ट्राफिक प्रहरीमाथि हातपात गरेको एसपी सुवेदीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।