• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सेरिब्रल पाल्सी पीडित बालबालिकाको सहयोगार्थ नर्सिङ एसोसिएसन यूकेको च्यारिटी

64x64
नेपाल लाइभ मंगलबार, भदौ ९, २०८३  १३:३८
1140x725

अल्डरसट–  नेपालमा सेरिब्रल पाल्सीबाट पीडित बालबालिकाको सहयोगार्थ एक च्यारिटी कार्यक्रम आयोजना गर्दै नेप्लिज नर्सिङ एसोसिएसन युकेले आफ्नो १८ औं वार्षिकोत्सव मनाएको छ।

आइतबार (२३ अगष्ट) अल्डरसटमा आयोजित कार्यक्रमको बरो अफ रसमूरका मेयर पिटर कलमले दीप प्रज्वलन गरी उद्घाटन गरे ।

कार्यक्रमको सुरुमा नेपाल तथा युकेको राष्ट्रिय गान बजाउनुका साथै हालै पाकिस्तानमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका चर्चित पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) लगायत अन्य पर्वतारोहीहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो।

समारोहलाई सम्बोधन गर्दै रसमूर बरोका मेयर पिटर कलमले युकेको बहुसांस्कृतिक समाजमा नेपाली तथा गोर्खा समुदायले उल्लेख्य योगदान पुराएको बताए।

उनले अनुशासित, सभ्य र सहृदयी नेपाली नर्सहरुले पुराएको योगदानको प्रशंसा गर्दै यो ‘लिगेसी’ नयाँ पुस्तालाई पनि हस्तान्तरण गर्न सुझाव दिए ।

त्यसैगरी रसमूर काउन्सिलका काउन्सिलर जीव बेलबासेले नेपाली नर्सहरूले बेलायती समाज र नेपाली समुदायलाई पुर्‍याएको सेवाको सराहना गरे। मेयर कलमलाई नेपाली ढाका टोपी र शल ओढाएर सम्मान गरिएको थियो।

सन् २००८ मा स्थापना भएको संस्थाको १८ औं वार्षिकोत्सवको अवसरमा मेयर कलम, एनएचएस इंगल्याण्ड (लण्डन रिजन) को नर्सिङ्ग एण्ड क्वालिटी प्रोफेसनल एण्ड सिस्टम लिडरशीपकी निर्देशक मिस भिनिस थोमस तथा संस्थाकी अध्यक्ष रश्मिता दर्लामीले केक काटे।

नेप्लिज नर्सिङ एसोसिएसन युकेकी अध्यक्ष रश्मिता दर्लामीले सन् २०१५ देखि एसोसियसनमा आबद्ध भएको स्मरण गर्दै संस्था अहिले सामाजिक समूहबाट एक व्यावसायिक संस्थाका रूपमा विकास भएको बताइन्।

Ncell 2
Ncell 2
nimb
nimb

“हाम्रो वास्तविक उपलब्धि नै असहाय र सेवाको आवश्यकता भएकाहरूको सेवा गर्नु हो। ‘एकपटकको नेपाली सधैंको नेपाली, एकपटकको नर्स सधैंको नर्स,’ यो विरासतलाई निरन्तरता दिन हामीलाई थप नर्सहरूको साथ चाहिएको छ,” उनले भनिन्।

संस्थाकी उपाध्यक्ष इन्दिरा बस्याल तिवारी तथा प्रजु सापकोटाले सन् २००८ मा संस्था स्थापना भएदेखि हालसम्म संस्थाले गरेका कामहरुबारे संक्षेपमा जानकारी दिए।

सेरिब्रल पाल्सीबारे सचेतना फैलाउन ‘सेल्फ हेल्प ग्रुप फर सेरिब्रल पाल्सी नेपाल’ को वृत्तचित्र प्रदर्शन गरिनुका साथै अध्यक्ष रश्मिता दर्लामीद्वारा लिखित तथा निर्देशित जनचेतनामूलक नाटक मञ्चन गरिएको थियो।

नाटकमा एनएनए युकेका कार्यसमिति सदस्यहरु आशा धौगोडा, अल्पना अधिकारी, लर्निङ एण्ड डेभलपमेन्ट कोअर्डीनेटर चित्रा संजेल तथा अमेलिया संजेलले ‘रोल प्ले’ गरेका थिए।

Xtrem

Xtrem

कार्यक्रममा बाँसुरी वादक धनबहादुर गुरुङ र कम्युनिटी नर्स राफी श्रेष्ठको बाँसुरी धुन, प्रभाव भण्डारीको मादल वादनका साथै बिनु लामिछाने घिमिरे, अदिति अधिकारी, वेदिशा भट्ट, सुरक्षा भट्ट लगायतको नृत्य प्रस्तुतिले रौनक थपेको थियो।

त्यस्तै वयोवृद्ध कलाकार सेवानिवृत्त क्याप्टेन वीर बहादुर गाहाले लोकप्रिय गीतहरु गाएर सहभागीहरुलाई नचाएका थिए।

सांस्कृतिक कार्यक्रममा अल्पना अधिकारीले पनि गीत गाएकी थिइन् ।

783219850_4395302634017781_6034660472183382317_n-1787644380.jpg
 

संस्थाको तर्फबाट आउँदो सेप्टेम्बरमा हाफ म्याराथनमा भाग लिन लागेकी कार्यसमिति सदस्य सुनिता बोहोरा कार्की र कलाकारहरूलाई सम्मान गरिएको थियो।

त्यस्तै कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रायोजकहरू होम इन्स्टेड (ग्रिनिच एण्ड बेक्स्ली), ए स्टार फाइनान्सियल सलुशन्स युके, इरो सुशी, गोर्खा कन्स्ट्रक्शन लिमिटेड, एभरेस्ट लाउन्ज, बीर होम्स, नेपाल फूड, ब्रिज इन्टरन्याशनल कन्सलटेंसी, माइग्रेशन लिमिटेड लगायतलाई मायाको चिनो प्रदान गरिएको थियो । साथै, राफल पुरष्कारको व्यवस्था पनि गरिएको थियो।

हिलिङ्डन गोर्खा नेपाली समाजका अध्यक्ष शुक्र तामाङले कार्यक्रमको पूर्ण सफलताको कामना गर्दै ४३० पौण्ड सहयोग हस्तान्तरण गरे। त्यत्सै एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले ३०० पौण्ड सहयोग घोषणा गरे। अन्य दाताहरुले पनि सहयोग प्रदान गरेका थिए।

कार्यक्रमको अन्त्यमा अध्यक्ष दर्लामीले सबै सहभागी, प्रायोजकहरु, पाहुना, संस्थाका पदाधिकारी तथा सदस्यहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरिन् ।

कार्यक्रम सञ्चालन संस्थाकी कल्याणकारी संयोजक बिनु लामिछानेले गरेकी थिइन्। कार्यक्रममा तमु धी युकेका अध्यक्ष जुमकाजी गुरुङ तथा श्रीमती कमला गुरुङ, चेल्सी एण्ड वेष्टमिन्स्टर एनएचएस ट्रष्ट नर्स प्लाण्ड केयर लीड जियान्डेल चकुंडा, बेलायतस्थित विभिन्न संघसंस्थाका पदाधिकारी, व्यवसायी तथा समाजसेवीहरुको उल्लेख्य उपस्थिति थियो।

नेप्लिज नर्सिङ्ग एसोसियसन युकेले जुम्लामा मितेरी बर्दिंग सेन्टर स्थापना गरेको छ भने नेपालमा महाभूकम्प र कोभिड महामारीको बेला पनि सघाएको थियो।

यसबाहेक संस्थाले बेलायतका विभिन्न स्थानमा भूतपूर्व गोर्खा लगायत नेपाली समुदायका लागि स्वास्थ्य शिविरहरु संचालन गर्दै आएको छ।

783897893_1989934091724485_899563267091439316_n-1787644380.jpg
 

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०८३  १३:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक
हिमलुङ हिम पहिरोमा परेका थप चार जनाको शव फेला, खोज तथा उद्धार कार्य जारी
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
सम्बन्धित सामग्री
हिमलुङ हिम पहिरोमा परेका थप चार जनाको शव फेला, खोज तथा उद्धार कार्य जारी नेपाल राष्ट्रिय पर्वतीय पथप्रदर्शक संघ (एनएनएमजीए)का अनुसार हिमलुङ हिम पहिरो क्षेत्रमा आज उद्धार तथा खोजीका क्रममा चार जनाको शव भेटि... बिहीबार, असोज १५, २०८३
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय कथा ‘आहत उजेलीहरु’लाई असोज १८ गते साँझ ५ बजे बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन गर्न लागिएको हो । बिहीबार, असोज १५, २०८३
बाढी प्रभावित क्षेत्रमा पुल निर्माणका लागि चीनले नेपाललाई दुई बेली पुलका सामग्री दियो नेपालको महावाणिज्य दूतावासले हालैको बाढीबाट प्रभावित क्षेत्रमा जडान गर्न ३० वटा बेली पुल उपलब्ध गराउन सिजाङ स्वायत्त क्षेत्रको विदेश... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक बिहीबार, असोज १५, २०८३
हिमलुङ हिम पहिरोमा परेका थप चार जनाको शव फेला, खोज तथा उद्धार कार्य जारी बिहीबार, असोज १५, २०८३
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो बिहीबार, असोज १५, २०८३
‘विपद्का बेला सरकार सिंहदरबारमा मात्र सीमित रह्यो’ : वासना थापा बिहीबार, असोज १५, २०८३
सरकारलाई आरेन राईको चुनौती: गिरिबन्धु र वाइड बडीको फाइल खोल्न केले रोक्यो? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्