काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्माले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव शंकर पोखरेललाई निर्देशन दिएका छन् ।
उनले भदौ २५, २६ र २७ गते बैठक बोलाउन हिजो गुण्डुबाट फोनमा महासचिव पोखरेललाई निर्देशन दिएका हुन् ।
अध्यक्षको निर्देशनपछि महासचिव पोखरेलले बैठकअघिका केही विषयबारे अध्यक्ष ओलीसँग प्रस्ताव गरेका छन् ।
पछि अध्यक्ष ओलीलाई नै भेटेर महासचिव पोखरेलले पहिला कार्यदल र सचिवलायको बैठक बोलाएर मात्र केन्द्रीय कमिटी डाक्न उचित हुने बताएका हुन् ।
पार्टी पुनर्गठनका लागि गठन भएको कार्यदलको बैठक बसेपछि सचिवालय बैठक पनि बस्नु पर्ने भन्दै पोखरेलले अध्यक्ष ओलीलाई प्रस्ताव गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।