सौल, दक्षिण कोरिया– पूर्वी नेपाल समाज दक्षिण कोरियाले सामाजिक सेवा तथा परोपकारी पत्रकारितामा योगदान पुर्याउँदै आएका नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका अध्यक्ष तथा बरिष्ठ सञ्चारकर्मी सन्तोष खड्का लाई सम्मान गरेको छ।
बिगत डेढ दशकभन्दा लामो समयदेखि दक्षिण कोरियामा रहेर बौदिक एंव सकृय सामाजिक अभियान्ताका रुपमा परिचित अध्यक्ष खड्कालाई समाजले परोपकारी पत्रकारितामार्फत समुदायमा पुर्याएको योगदानको कदर गर्दै सम्मान प्रदान गरेको हो।
सम्मान ग्रहण गर्दै उनले प्राप्त सम्मानलाई व्यक्तिगत उपलब्धिभन्दा पनि आगामी दिनमा सामाजिक सेवा र परोपकारी पत्रकारितालाई निरन्तरता दिन थप प्रेरणा र जिम्मेवारीका रूपमा लिएको बताए।
“हिजो पनि उही थियो, आज पनि उही छ र भोलि पनि उही रहनेछ मेरो सामाजिक सक्रियता, सेवाभाव र परोपकारी पत्रकारिताको यात्रा,” उनले भने।
उनले पत्रकारिता वा सामाजिक नेतृत्वका क्रममा आफूले कुनै व्यक्तिगत अपेक्षा नराखेको उल्लेख गर्दै आगामी दिनमा पनि समुदाय र समाजप्रतिको जिम्मेवारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको अध्यक्ष, सञ्चारकर्मी तथा सामाजिक अभियन्ताका रूपमा परोपकारी पत्रकारिताको यात्रालाई थप प्रभावकारी बनाउँदै अघि बढ्ने उनको भनाइ छ।
सम्मानप्रति आभार व्यक्त गर्दै उनले पूर्वी नेपाल समाज दक्षिण कोरियाका अध्यक्ष केदारप्रसाद निरौलासहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूप्रति धन्यवाद व्यक्त गरेका छन्। पूर्वी नेपाल समाज दक्षिण कोरिया कोरियामा ज्यादै सकृय सस्थाको रुपमा चिनिन्छ भने सामाजिक क्षेत्रमा उसको योग्दान अतुल्लनिय रहेको छ।
उनले प्राप्त सम्मानले विगतको योगदानको कदर मात्र नभई आगामी सामाजिक यात्रामा थप जिम्मेवार भएर अघि बढ्न ऊर्जा र उत्साह प्रदान गरेको बताए। उनी दक्षिण कोरियामा रहेका १ दर्जन भन्दा बढी सामाजिक संघ सस्थाहरुमा सल्लाहाकार एंव सकृय भुमिकामा छन् !
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।