काठमाडौँ– हुम्लाको ताँजाकोट गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी भएको छ ।
आज राति पौने २ बजेको समयमा गाउँपालिका कार्यालयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
विद्युत् सर्ट भई भएको आगलागीबाट लेखा शाखा, न्यायिक समितिको सचिवालय र जिन्सी शाखामा राखिएका अधिकांश श्रेस्ता तथा महत्त्वपूर्ण कागजातहरू जलेर नष्ट भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।