काठमाडौं– नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)मा ओपिडी टिकट लिन बिहानैदेखि बिरामीहरूको लामो लाइन लाग्ने गरेको छ।
बिहान घाम नउदाउँदै करिब ५ बजेदेखि नै अस्पताल परिसरमा ओपिडी टिकट लिन आउने बिरामी र उनीहरूका आफन्तको भीड देख्न सकिन्छ।
ओपिडी सेवा लिन आएका सेवाग्राहीहरू टिकट काट्न घण्टौं पालो कुर्नुपर्ने अवस्था रहेको बताउँछन्। बिरामीको चाप बढे पनि टिकट व्यवस्थापन र सेवा प्रवाहमा सुधार आवश्यक रहेको सेवाग्राहीहरूको गुनासो छ।
यस्तो दृश्य सिभिल अस्पतालमा मात्र नभई देशभरका अन्य सरकारी अस्पतालहरूमा पनि देखिने गरेको छ। जसले सरकारी स्वास्थ्य सेवामा बढ्दो चापलाई स्पष्ट रूपमा देखाउँछ।
तस्बिरहरु :








नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।