• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ ७, २०८३ Sun, Aug 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

रास्वपा कसरी आयो भन्ने हिसाब–किताब चोकचौतारामा दिएर हिँड्न जरुरी छैन : रवि लामिछाने

64x64
नेपाल लाइभ आइतबार, भदौ ७, २०८३  १९:५५
1140x725

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई जिम्मेवार राजनीतिक शक्तिका रूपमा अघि बढाउँदै गर्दा विगतमा छुटेका राजनीतिक तथा संगठनात्मक विषयका अध्यायहरू अध्ययन र सिकाइका लागि फर्केर हेर्नुपर्ने बताएका छन् ।

रास्वपाको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै लामिछानेले रास्वपा जन्मिँदै अब्बल विद्यार्थी भएर जन्मिएको भए पनि कक्षा जम्प गर्दा छुटेका अध्यायहरू अध्ययन गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘रास्वपालाई जिम्मेवार ठाउँमा पुर्याउँदै गर्दा हामीले अध्ययन गर्नुपर्ने कतिपय कक्षाहरु जम्प गरेको पनि हुनसक्छ । कहिलेकाँही अब्बल विद्यार्थीहरुलाई दुईचार कक्षा चढाउने चलन पनि छ । रास्वपा जन्मिँदै अब्बल विद्यार्थी भएरै जन्मेको हो । तर कक्षाहरु जम्प गर्नुको अर्थ छुटाएका कक्षाहरुको अध्याय नै पढ्ने र सिक्ने होइन भन्ने होइन । छुटाएका कयौं अध्यायहरु छन् सरकारसम्म आइपुग्दा । यिनीहरुलाई फर्केर हेर्नैपर्ने हुन्छ । त्यसको लागि समय निकाल्नैपर्छ ।’

त्यसका लागि पार्टी नै उपयुक्त प्लेटफर्म भएको उनको भनाइ थियो । उनले राजनीतिक दल राजनीतिक दल बन्नका लागि केही सामान्य सिद्धान्तहरू हुने र ती सिद्धान्तको बीचमा बसेर अनुशासनको घेराभित्र रही नीति तथा विधिको पालना गर्दै अघि बढेमा पार्टी दीर्घकालसम्म बलियो राजनीतिक शक्तिका रूपमा अघि बढ्ने बताए ।

‘यसको उपयुक्त प्लेटफर्म भनेको पार्टी नै हो । पार्टीबाट नै सबै चिज रहन्छ । एउटा राजनीतिक दल राजनीतिक दल बन्नका लागि एउटा सामान्य केही सिद्धान्तहरु छन् । ती सिद्धान्तहरुको बीचमा बसेर अनुशासनको त्यो घेराभित्र रहेर, त्यो लक्ष्मण रेखाभित्र रहेर नीति, विधिलाई पालना गर्दै अगाडि बढियो भने यी कालान्तरसम्म निरन्तर एउटा बलियो राजनीतिक शक्तिका रुपमा अगाडि बढ्दछ,’ उनले भने ।

nimb
nimb
Ncell 2
Ncell 2

लामिछानेले पहिलो महाधिवेशनबाट निर्वाचित तथा भर्खरै मनोनित नेताहरूको जिम्मेवारी आगामी दिनमा आउने नेताहरूको भन्दा बढी रहेको बताए । त्यसकारण उनीहरूले प्रशिक्षणमा अझ बढी समय खर्च गर्नुपर्ने उनको भनाइ थियो ।

लामिछानेले रास्वपा अहिले पार्टीको जग बसाल्ने चरणमा रहेको बताए । स्थापनाकालदेखिका साथीहरू, संस्थापकहरू तथा पहिलो महाधिवेशनबाट निर्वाचित नेतृत्वको जिम्मेवारी पार्टीको भविष्य कति परसम्म जान्छ भन्ने विषयमा निर्भर रहेको उनले उल्लेख गरे ।

‘हामी जग बसाल्ने ठाउँमा छौं । स्थापनाकालदेखिका साथीहरु, संस्थापकहरु र पहिलो महाधिवेशनबाट निर्वाचित भएका नेतृत्वको जिम्मेवारी यो राजनीतिक दलको भविष्य कति परसम्म जान्छ भन्ने कुरामा निर्भर गर्दछ,’ उनले भने ।

रास्वपा कसरी आयो भन्ने विषयको हिसाब–किताब चोकचौतारामा दिँदै हिँड्न आवश्यक नरहेको भन्दै उनले पार्टीमा आइसकेपछि आफूहरूले के गरिरहेका छन् भन्ने विषयमा आमनागरिक र विश्व समुदायले हेरिरहेको बताए ।

‘हामी कसरी आयौं अब त्यसको हिसाब–किताब चोकचौतारीमा दिएर हिँड्न जरुरी छैन । आइसकेपछि हामी के गर्दैछौं ? आमनागरिकले, विश्व समुदायले हेरिरहेको छ,’ उनले भने ।

लामिछानेले आजको समयमा राजनीतिक दलको गतिविधि स्थानीय विषयमा मात्र सीमित नरहेको बताए । राजनीतिक दलका गतिविधि अन्तर्राष्ट्रिय विषयसमेत बन्ने भन्दै उनले एउटा कोठामा गरिएको कुराको प्रभाव संसारको अर्को निकै परको कुनासम्म पर्न सक्ने बताए ।

‘आजको दिनमा राजनीतिक दल स्थानीय कुरो मात्र होइन, यो अन्तर्राष्ट्रिय विषय हो । एउटा कोठामा गरेको कुराको प्रभाव संसारको अर्को निकै परको कुनासम्म परिरहेको हुन्छ । यो कुरा हामीले जानेका छैनौं भने जान्नुपर्ने बाध्यता र त्यसको जिम्मेवारी पनि हामी आफैंको हो,’ उनले भने ।

प्रकाशित मिति: आइतबार, भदौ ७, २०८३  १९:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रेड नोटिसमा रहेका बलात्कार आरोपी ओमानबाट पक्राउ, नेपाल ल्याइयो
‘रास्वपा सरकारमाथि भ्रष्टाचार वा अनियमितताको प्रश्न उठेको छैन’ : रवि लामिछाने
१४ औँ साग चैतमा
सम्बन्धित सामग्री
‘रास्वपा सरकारमाथि भ्रष्टाचार वा अनियमितताको प्रश्न उठेको छैन’ : रवि लामिछाने सरकारका कामकारबाहीमा कतिपय निर्णय विवादित भए पनि सरकारको नियत र नीति स्पष्ट रहेको भन्दै उनले सरकारको पारदर्शितालाई आफ्नो पार्टीका ला... आइतबार, भदौ ७, २०८३
रास्वपा कसरी आयो भन्ने हिसाब–किताब चोकचौतारामा दिएर हिँड्न जरुरी छैन : रवि लामिछाने रास्वपाको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै लामिछानेले रास्वपा जन्मिँदै अब्बल विद्यार्थी भएर जन्मिएको भए पनि कक्षा... आइतबार, भदौ ७, २०८३
नयाँ सरकार आएपछि पनि पुँजीबजार अपेक्षाअनुसार अघि बढ्न सकेन : कांग्रेस सभापति थापा उनले पुँजीबजार अपेक्षाअनुसार अघि बढ्न नसक्नुका कारण पहिचान गर्दै तत्काल सुधार गर्न सकिने विषयमा बहस आवश्यक रहेको बताए । साथै, संसदमा... आइतबार, भदौ ७, २०८३
ताजा समाचारसबै
रेड नोटिसमा रहेका बलात्कार आरोपी ओमानबाट पक्राउ, नेपाल ल्याइयो आइतबार, भदौ ७, २०८३
‘रास्वपा सरकारमाथि भ्रष्टाचार वा अनियमितताको प्रश्न उठेको छैन’ : रवि लामिछाने आइतबार, भदौ ७, २०८३
१४ औँ साग चैतमा आइतबार, भदौ ७, २०८३
विस्थापित सांस्कृतिक सम्पदा र ‘फिर्ताको राजनीति’माथि तारागाउँ कल्चरल सेन्टरमा प्रदर्शनी आइतबार, भदौ ७, २०८३
रास्वपा कसरी आयो भन्ने हिसाब–किताब चोकचौतारामा दिएर हिँड्न जरुरी छैन : रवि लामिछाने आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गरिमा चौधरी प्रकरणमा गृहमन्त्रीले भने– सरकार मौन छैन, दोषीलाई मृत्युदण्ड दिन सकिँदैन शनिबार, भदौ ६, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति शनिबार, भदौ ६, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्