काठमाडौं– सिंगापुरबाट लामो उपचारपछि फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा फेरि चुनदेवी पुगेका छन्।
विदेशबाट फर्किएलगत्तै २८ साउनमा चुनदेवीस्थित इतर पक्षको कार्यालय पुगेका देउवा आइतबार पनि पुनः सोही कार्यालय पुगेका हुन्।
२९ साउनमा इतर पक्षको राष्ट्रिय र ३१ साउनमा समापनमा देउवाले सम्बोधन गरेका थिए। त्यसयता आफ्नै निवासमा नेता–कार्यकर्तासँग भेट गर्दै आएका देउवा आइतबार भने कार्यालय पुगे।
आदिवासी जनजाति महासंघले चुनदेवीस्थित सम्पर्क कार्यालयमा चियापानको कार्यक्रम राखेको थियो। सोही कार्यक्रममा सहभागी हुन देउवा कार्यालय पुगेका हुन्।
पछिल्लोपटक देउवा नेता–कार्यकर्तासँग भेट गर्दै आएका छन्। आज बिहानमात्रै उनले कर्ण मल्ल, नैनसिंह महरसहितका नेतासँग भेट गरेका थिए। उनीसँग भेट्नेहरूले पार्टीमा एकता कायम गराउने गरी संवाद गर्न आग्रह गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।