काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा ‘विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारी गृहकार्य’अन्तर्गत ‘विद्यालय व्यवस्थापन तथा पाठ्यक्रम व्यवस्था’ विषयमा छलफल सुरु गरिएको छ।
विद्यालय शिक्षाको सुधार, व्यवस्थापन तथा पाठ्यक्रमलाई व्यवस्थित बनाउन आवश्यक सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मन्त्रालयले जनाएको छ।
शिक्षा मन्त्रालयका सहसचिव शिवकुमार बास्कोटाले विद्यालय व्यवस्थापन र पाठ्यक्रमको स्वरूपबारे छलफल केन्द्रित रहेको बताए। आइतबार (भदौ ७) काठमाडौंमा आयोजित छलफल कार्यक्रममा विद्यार्थी, अभिभावकको सहभागिता छ।
छलफलमा नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले शिक्षाको बजेट घटाइएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले नेपालको संविधानमै शिक्षाका विषयमा स्थानीय तहलाई एकल अधिकार समेटिएको उल्लेख गरे। कक्षा–१२ सम्म संघले नजर लगाउन नहुने बताए।
“संघबाट नै परिपत्र जाने गरेको छ, कक्षा–१२ सम्म नजर नलागोस्,” उनले भने।
अबको शिक्षा ऐनमा प्रत्येक विद्यालयमा एउटा बस र होस्टेल हुनुपर्ने प्रावधान राखिनुपर्नेमा उनले जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।