• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नौ दिनपछि खुल्यो जाजरकोट–डोल्पा सडक, अधुरो पुल र बाढीको जोखिम अझै उस्तै

64x64
नेपाल लाइभ आइतबार, भदौ ७, २०८३  १०:२०
1140x725

जाजरकोट– जाजरकोटको नलगाड नगरपालिका–१० र ११ को सीमाक्षेत्र ताक्सुगाडमा आएको बाढीले बगाएको भेरी करिडोर सडक नौ दिनपछि पुनः सञ्चालनमा आएको छ। 

बाढीले सडकसँगै पुल र चारवटा घर बगाएपछि पूर्ण रूपमा अवरुद्ध भएको जाजरकोट–डोल्पा सडकखण्ड नलगाड नगरपालिकाको समन्वयमा भेरी करिडोर सडक आयोजनाले मर्मत गरेपछि यातायात पुनः सञ्चालनमा आएको हो।

सडक खुलेसँगै जाजरकोटबाट डोल्पाको त्रिपुराकोट, छलगाडलगायतका क्षेत्रमा जाने सवारीसाधन सञ्चालनमा आएका छन्। तर, ताक्सुगाडमा पानीको बहाव बढ्नेबित्तिकै सडक फेरि अवरुद्ध हुन सक्ने जोखिम भने अझै कायमै रहेको स्थानीयको भनाइ छ।

ताक्सुगाड खोलामा आएको बाढीले सडक संरचनामा ठूलो क्षति पुर्‍याउनुका साथै पुल बगाएको थियो। चारवटा घरसमेत बग्दा स्थानीय विस्थापित भएका थिए। सडक अवरुद्ध भएपछि जाजरकोटबाट डोल्पातर्फ जाने सम्पूर्ण यातायात सेवा ठप्प बनेको थियो। यात्रु, स्थानीय बासिन्दा तथा दैनिक उपभोग्य सामग्री बोकेका सवारीसाधन बीच बाटोमै रोकिएका थिए। डोल्पातर्फ खाद्यान्न, औषधि र अन्य अत्यावश्यक सामग्रीको ढुवानीसमेत प्रभावित भएको थियो।

बाढीपछि नलगाड नगरपालिकाले भेरी करिडोर सडक आयोजनासँग समन्वय गरेर तत्काल सडक मर्मतको काम अघि बढाएको थियो। अस्थायी रूपमा सडक सञ्चालनयोग्य बनाएपछि नौ दिनपछि यातायात पुनः सञ्चालनमा आएको हो।

नलगाड–१२ का स्थानीय तेजबहादुर विकका अनुसार लामो समयसम्म सडक बन्द हुँदा यात्रु र स्थानीयले ठूलो सास्ती खेप्नुपरेको थियो। सडक खुलेपछि तत्काल राहत मिलेको भए पनि जोखिम पूर्ण रूपमा हटेको छैन।

ताक्सुगाडको बाढीले सडक र पुल मात्रै होइन, रोली ज्यूलामा निर्माण गरिएको सिँचाइ नहरसमेत क्षतिग्रस्त बनाएको छ। नहर बग्दा स्थानीय किसानको सिँचाइ व्यवस्था प्रभावित भएको छ। नगरप्रमुख डम्बर रावतका अनुसार नहर पुनर्निर्माणका लागि लागत अनुमान तयार पारिएको छ। प्रदेश सरकारअन्तर्गत खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयमार्फत पुनर्निर्माण गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

उनका अनुसार बाढीले क्षति पुर्‍याएका संरचनाको अस्थायी मर्मतले मात्रै समस्या समाधान नहुने भएकाले दीर्घकालीन रूपमा सुरक्षित संरचना निर्माण आवश्यक छ। वर्षायाममा खोलाको बहाव बढ्ने भएकाले भविष्यमा यस्ता क्षति दोहोरिन नदिन बलिया संरचना निर्माण गर्नुपर्ने उनको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

फेरि सडक अबरुद्ध हुने खतरा

सडक सञ्चालनमा आए पनि ताक्सुगाड क्षेत्रमा अवस्था अझै संवेदनशील छ। माथिल्लो क्षेत्रमा वर्षा परेपछि खोलामा अचानक पानीको बहाव बढ्ने भएकाले सवारी आवागमन फेरि अवरुद्ध हुने जोखिम रहेको स्थानीय बताउँछन्।

भेरी करिडोरअन्तर्गत पर्ने विभिन्न खोलामा वर्षायाममा पानीको बहाव बढ्दा हरेक वर्ष यातायात प्रभावित हुने गरेको छ। धेरै स्थानमा स्थायी पुल र कल्भर्ट नहुँदा सवारीसाधनले जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था रहेको छ।

भेरी करिडोरले जाजरकोटलाई डोल्पासँग सडकमार्फत जोडेको भए पनि केही महत्वपूर्ण स्थानमा पुल निर्माण नहुँदा वर्षायाममा नियमित यातायात सञ्चालन हुन सकेको छैन। विशेषगरी छलगाडमा स्थायी पुल अभावका कारण डोल्पाको सदरमुकाम दुनैसम्म सवारी नियमित रूपमा पुग्न सक्दैनन्। खोलामा पानी बढेपछि सवारी रोकिन्छन् र यात्रुहरूले पैदल खोला पार गर्नुपर्ने अवस्था आउने गरेको छ।

Xtrem

Xtrem

स्थानीयका अनुसार यसले दैनिक जीवन मात्र होइन, खाद्यान्न, निर्माण सामग्री र औषधिको आपूर्तिमा पनि प्रत्यक्ष असर पारिरहेको छ। भेरी करिडोरका महत्वपूर्ण पाँच पुल निर्माणको जिम्मा क्याराभान हिराचन जेभीले २०७७ माघ २ गते पाएको थियो। कम्पनीले नलगाड र झुर्मेखोलाको पक्की पुल निर्माणका लागि १८ करोड ४३ लाख ४३ हजार रुपैयाँको ठेक्का लिएको थियो।

त्यस्तै त्रात्रखोला, मैदेखोला र ताक्सुगाड चौखाको पुल निर्माणका लागि १३ करोड ५४ लाख रुपैयाँको अर्को ठेक्का पनि सोही कम्पनीले पाएको थियो। यी पुलहरू भेरी करिडोरका रणनीतिक संरचना मानिए पनि हालसम्म निर्माण सम्पन्न हुन सकेको छैन। स्थानीयले अधुरा पुलकै कारण वर्षायाममा पटक–पटक सडक अवरुद्ध हुने समस्या दोहोरिएको बताएका छन्।

जाजरकोटदेखि डोल्पासम्म फैलिएको भेरी करिडोर सडकको लम्बाइ करिब ११८ किलोमिटर रहेको छ। यस सडकले जाजरकोटसँगै डोल्पाका विभिन्न स्थानीय तहलाई सडक सञ्जालमा जोड्ने काम गरेको छ। सडक निर्माणसँगै यातायात पहुँचमा सुधार भए पनि बाढीपहिरो, पुल अभाव र कमजोर संरचनाका कारण वर्षायाममा नियमित सञ्चालन अझै चुनौतीपूर्ण बनेको छ।

ताक्सुगाडको सडक खुलेपछि तत्काल यातायात सञ्चालनमा सहजता आएको भए पनि बाढीले क्षति पुर्‍याएका पुल, नहर र सडक संरचनाको स्थायी समाधान नगरेसम्म यो सडकखण्डमा वर्षायामको समस्या दोहोरिने जोखिम कायमै रहने देखिएको छ। स्थानीयले संघ, प्रदेश र स्थानीय सरकार मिलेर जोखिमयुक्त स्थानमा स्थायी पुल तथा सुरक्षित सडक संरचना निर्माण गर्नुपर्ने माग दोहोर्‍याएका छन्।

प्रकाशित मिति: आइतबार, भदौ ७, २०८३  १०:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपतिसमक्ष आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज
एआई अनुवाद सुविधासहितको हनर च्वाइस टी१० नेपालमा सार्वजनिक, मूल्य १६ हजार ४९९ रुपैयाँदेखि सुरु
सम्बन्धित सामग्री
क्याम्पस प्रमुखमाथि अनियमितता गरेको आरोप, विद्यार्थीहरु आन्दोलनमा राजनीतिक खिचातानी र आन्तरीक विवादका कारण क्याम्पसको दैनिक पठनपाठन मात्र नभई, प्रशासनिक र परीक्षाहरु पनि नराम्ररी प्रभावित भइरहेको वि... बिहीबार, असोज १५, २०८३
हिमलुङ हिम पहिरोमा परेका थप चार जनाको शव फेला, खोज तथा उद्धार कार्य जारी नेपाल राष्ट्रिय पर्वतीय पथप्रदर्शक संघ (एनएनएमजीए)का अनुसार हिमलुङ हिम पहिरो क्षेत्रमा आज उद्धार तथा खोजीका क्रममा चार जनाको शव भेटि... बिहीबार, असोज १५, २०८३
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय कथा ‘आहत उजेलीहरु’लाई असोज १८ गते साँझ ५ बजे बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन गर्न लागिएको हो । बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
राष्ट्रपतिसमक्ष आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश बिहीबार, असोज १५, २०८३
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज बिहीबार, असोज १५, २०८३
एआई अनुवाद सुविधासहितको हनर च्वाइस टी१० नेपालमा सार्वजनिक, मूल्य १६ हजार ४९९ रुपैयाँदेखि सुरु बिहीबार, असोज १५, २०८३
क्याम्पस प्रमुखमाथि अनियमितता गरेको आरोप, विद्यार्थीहरु आन्दोलनमा बिहीबार, असोज १५, २०८३
फिजी भ्रमणमा जाँदै परराष्ट्रमन्त्री खनाल बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्