काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गर्दै आएको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रमअन्तर्गत गृहमन्त्री सुदन गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने भएका छन्।
रास्वपाका अनुसार गृहमन्त्री गुरुङ भदौ ८ गते पार्टीको केन्द्रीय कार्यालयमा उपस्थित भई नागरिकका गुनासा, समस्या, सुझाव तथा अपेक्षाबारे प्रत्यक्ष संवाद गर्नेछन्। कार्यक्रम साँझ ५ बजेपछि सुरु हुनेछ।
कार्यक्रम दुई चरणमा सञ्चालन हुने जनाइएको छ। पहिलो चरणमा आम नागरिकले आफ्ना समस्या, गुनासा, सुझाव तथा अपेक्षा गृहमन्त्रीसमक्ष प्रत्यक्ष रूपमा राख्न सक्नेछन्। दोस्रो चरणमा मन्त्री, सांसद तथा केन्द्रीय नेतृत्वबीच नागरिकबाट प्राप्त सुझावसँगै समसामयिक तथा नीतिगत विषयमा छलफल गरिनेछ।
नागरिकका आवाज, सुझाव र अपेक्षालाई सरकार तथा पार्टीको नीति निर्माण र प्रभावकारी कार्यान्वयनसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको रास्वपाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।