बारा –गृहमन्त्री सुधन गुरुङसँग वार्ता गर्नका लागि बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमा–बुवालाई काठमाडौं लगिएको छ ।
शनिबार अपराह्न उनीहरुलाई काठमाडौं लगिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए ।
सिमरा विमानस्थलबाट गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरीलाई स्थानीय अभियन्ताको साथमा काठमाडौं पठाइएको हाे ।
बालिकाको बलात्कार तथा हत्याको विरोधमा नागरिक, युवा, विद्यार्थी तथा अधिकारकर्मी लगायत विभिन्न संघसंस्थाहरूले बारा र काठमाडौंमा विरोध प्रदर्शन गरिरहेका छन्। प्रहरीका अनुसार जितपुरसिमरा–१ दसधुरीकी तीन वर्षीया बालिका साउन ३१ गते बिहान घरबाट हराएकी थिइन् । उनको शव मंगलबार एउटा घरको खाली कोठामा फेला परेको थियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।