• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ ६, २०८३ Sat, Aug 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘देश संकटमा छ, संकटबाट पार लगाउन युवालाई अघि सार्नुपर्छ’ : झलनाथ खनाल

64x64
नेपाल लाइभ शनिबार, भदौ ६, २०८३  १७:१७
1140x725

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाली कम्युनिष्ट पार्टीलाई पुनर्गठन र रूपान्तरण गर्न आवश्यक रहेको बताएका छन् । 

पार्टीको कोशी प्रदेश समितिले शनिवार आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा उनले अब पार्टीको नेतृत्वमा युवा आउनुपर्ने बताएका हुन् । उनले देश संकटमा रहेकोले संकटबाट मुक्ति दिलाउन युवालाई अगाडी सार्नुपर्ने बताए ।

उनले देशका सबै प्रमुख राजनीतिक दलहरूभित्र गम्भीर आन्तरिक संकट देखिएको बताए । नेपाली काँग्रेस दुई चिरामा विभाजित रहेको उल्लेख गर्दै उनले काँग्रेस अहिले एकताबद्ध भएर प्रभावकारी ढङ्गले अघि बढ्न सक्ने अवस्थामा नरहेको टिप्पणी गरे ।

nimb
nimb
Ncell 2
Ncell 2

नेकपा एमालेभित्र पनि पुनर्गठनको माग बलियो बन्दै गएको उनको दाबी छ । एमालेभित्र पुनर्गठनको माग उठाउने नेताकार्यकर्तालाई अध्यक्ष केपी शर्मा ओलीले ‘क्यान्टिनमा बसेर चिया खाँदै पुनर्गठनको गफ गर्ने आवारा’का रूपमा टिप्पणी गरेको प्रसंगसमेत उनले उल्लेख गरे । उनले एमालेभित्र बहुसङ्ख्यक नेता तथा कार्यकर्ता पार्टीलाई रूपान्तरण र पुनर्गठन गर्नुपर्ने निष्कर्षमा पुगेको उनको भनाई छ । उनले यही आवश्यकता नेपाली कम्युनिष्ट पार्टीमा समेत रहेको बताए। नेकपालाई पुनर्गठन र रूपान्तरण नगरीकन अगाडी बढ्न नसकिने उनको भनाई छ ।

उनले भने, ‘देश ठूलो संकटबाट गुज्रिरहेको छ । एकातिर देशभित्रका प्रतिक्रियावादी शक्तिहरू विविध ढंगले यो क्रान्तिका विरुद्ध लागिरहेका छन् । अब पार्टीहरूमा भन्नुहुन्छ भने नेपाली काँग्रेस अहिले पनि दुई चिरामा छ । त्यो एकताबद्ध भएर केही गर्न सक्ने अवस्थामा छैन । एमाले भन्नुहुन्छ, एमालेभित्रै अब त्यो पुनर्गठनको कुरा उर्लिएर आइरहेको छ, त्यो पुनर्गठन गर्न सकिरहेको छैन । पुनर्गठन गर्नुपर्छ भन्नेहरूलाई केपी ओलीले इलाममा पुगेर समेत आवाराहरू क्यान्टिनमा बसेर यसो गर्छन् भनेर भन्न बाध्य भए । आवाराहरू पुनर्गठन गर्नुपर्छ भनेर क्यान्टिनमा चिया खाएर गफ गर्छन् भने । त्यो त्यहाँभित्रका धेरै नेताहरूलाई भनेको हो, कुनै एउटा–दुइटा आवारालाई भनेको होइन । त्यहाँभित्र बहुमत संख्या अहिले एमालेमा रूपान्तरण गर्नुपर्छ, पुनर्गठन गर्नुपर्छ भन्ने ठाउँमा पुगिसकेको छ, यो युगीन कुरा हो । हो, त्यही कुरा हामी नेकपामा पनि छ, हेर्नुस् । यो नेकपालाई पनि पुनर्गठन नगरेर हुँदैन, रूपान्तरण नगरेर हुँदैन । अब  पुराना नेताहरूले तपाईँहरूलाई चाहिँ अह सल्लाह दिने हो, प्रशिक्षण गर्छौँ, हामी । अब तपाईँहरू अगाडि बढ्नुपर्‍यो, हामी नेतृत्व गर्छौँ’ भनेर उठ्न सक्नुपर्‍यो अनि मात्रै कार्यकर्ताको रूपमा विकास हुन सकिन्छ । हामी खाली अर्ती–उपदेश सुन्ने कार्यकर्ता मात्रै बन्नु हुँदैन । हामी आफैँ क्रान्ति गर्ने, हामी आफैँ बाँझो चौताराहरू फोर्ने, हामी आफैँ पहरा फोर्ने, हो, त्यो प्रकारको चाहिँ एउटा आँट, हिम्मत, सिर्जनशीलता हो, त्यो कुरा लिएर हामी अगाडि बढ्नुपर्छ, तब मात्रै पार्टी निर्माण गर्न सकिन्छ ।’

उनले पुराना नेताहरूले नयाँ पुस्तालाई निरन्तर अर्ती–उपदेश दिनेभन्दा उनीहरूलाई नेतृत्वमा अघि बढ्न अवसर दिनुपर्नेमा जोड दिए । पुराना नेताहरूले सल्लाह, प्रशिक्षण र मार्गदर्शन दिने तथा नयाँ पुस्ताले नेतृत्व सम्हाल्दै अघि बढ्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाई छ ।  

प्रकाशित मिति: शनिबार, भदौ ६, २०८३  १७:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘सम्पदा पुनर्निर्माण मात्रै होइन, पुस्तान्तरण पनि आवश्यक छ’ : सुनिता डंगोल
बालेन सरकारलाई लक्षित गर्दै ओलीले भने– यी बारुलासँग म डराउँदिनँ
‘देश संकटमा छ, संकटबाट पार लगाउन युवालाई अघि सार्नुपर्छ’ : झलनाथ खनाल
सम्बन्धित सामग्री
बालेन सरकारलाई लक्षित गर्दै ओलीले भने– यी बारुलासँग म डराउँदिनँ नगरकोटमा आयोजित जनसंगठन समन्वय संयन्त्रको कार्यशालालाई सम्बोधन गर्दै सरकार कसैलाई बदनाम गर्ने, जेल हाल्ने, सम्पत्ति जफत गर्ने तथा बै... शनिबार, भदौ ६, २०८३
‘देश संकटमा छ, संकटबाट पार लगाउन युवालाई अघि सार्नुपर्छ’ : झलनाथ खनाल पार्टीको कोशी प्रदेश समितिले शनिवार आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा उनले अब पार्टीको नेतृत्वमा युवा आउनुपर्ने बता... शनिबार, भदौ ६, २०८३
भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल कैलालीको धनगढी उपमहानगरपालिकामा आज आयोजित कार्यक्रममा उनले अव्यवस्थित बसोबासी, भूमिहीन परिवारलाई लालपुर्जा वितरणका लागि आवश्यक सहजीक... शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
‘सम्पदा पुनर्निर्माण मात्रै होइन, पुस्तान्तरण पनि आवश्यक छ’ : सुनिता डंगोल शनिबार, भदौ ६, २०८३
बालेन सरकारलाई लक्षित गर्दै ओलीले भने– यी बारुलासँग म डराउँदिनँ शनिबार, भदौ ६, २०८३
‘देश संकटमा छ, संकटबाट पार लगाउन युवालाई अघि सार्नुपर्छ’ : झलनाथ खनाल शनिबार, भदौ ६, २०८३
भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल शनिबार, भदौ ६, २०८३
गगनको घोषणा : प्रदीप गिरिको स्मृतिमा चार फेलोसिप, ‘मधेशदेखि प्रेमसम्म’ अध्ययन गरिने शनिबार, भदौ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गरिमा चौधरी प्रकरणमा गृहमन्त्रीले भने– सरकार मौन छैन, दोषीलाई मृत्युदण्ड दिन सकिँदैन शनिबार, भदौ ६, २०८३
खबरै नगरी मुस्ताङ जाँदै गरेका प्रधानमन्त्रीको भ्रमणबारे के भन्छन् मुस्ताङका सुरक्षा निकाय? शुक्रबार, भदौ ५, २०८३
प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा : शुक्रबार बिहानदेखि साँझसम्म शुक्रबार, भदौ ५, २०८३
ललितपुरका मेयर  र आशिकाबीच चर्काचर्की : मन्त्रीकै अगाडि झन्किएर हिँडिन्, भएको के थियो? शुक्रबार, भदौ ५, २०८३
अर्जेन्टिनी खेलाडीलाई फिफाले चलायो डन्डा, कुन खेलाडीलाई कस्तो कारबाही ? शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्