म्याग्दी। लेदो माटोसहितको पहिरो खस्दा म्याग्दीको बेनी–जोमसोम सडकखण्ड दुई स्थानमा पूर्ण रूपमा अवरुद्ध भएको छ।
शनिबार बिहान अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरस्थित सडक माथिबाट करिब ५:२५ बजे लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको हो।
त्यसको केही मिनेटपछि रघुगंगा गाउँपालिका–२ बैसरीमा पनि सडक माथिबाट लेदो माटोसहितको पहिरो खसेको छ। बिहान करिब ५:३० बजे पहिरो खसेपछि उक्त स्थानमा पनि बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
दुवै स्थानमा पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। पहिरोका कारण सडक अवरुद्ध भएपछि बेनी–जोमसोम सडक हुँदै आवतजावत गर्ने सवारीसाधन रोकिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।