• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नक्कली र झुटा प्रतिवेदन बनाउने सरकारी अस्पतालका चिकित्सकले लापरबाही गरे भ्रष्टाचार मुद्दा चल्छ

64x64
नेपाल लाइभ शनिबार, भदौ ६, २०८३  १३:४४
1140x725

काठमाडौ-  सर्वोच्च अदालतले बलात्कारको मुद्दामा गलत मेडिकल प्रतिवेदन दिने सरकारी अस्पतालका डाक्टरलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्न सकिने व्याख्या गरेको छ ।  न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र मेघराज पोखरेलको इजलासले धनुषाकी १२ वर्षीया बालिकाको बलात्कार मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै यस्तो व्याख्या गरेको हो । 

९ भदौ २०७५ सालमा बलात्कार पीडित महिलाको स्वास्थ्य परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा लैजाँदा डा. विजयकुमार सिंह र रम्भा गोईतले ११ दिनपछि बलात्कार भएको कुरा सम्बन्धी कुनै पनि लक्षण देखा नपरेको भनी प्रतिवेदन दिएका थिए ।  त्यसपछि प्रहरीले पुन: स्वास्थ्य परीक्षणका लागि सिराहा जिल्ला अस्पताल पुर्‍याएको थियो । उक्त अस्पतालले बलात्कार भएको प्रतिवेदन दिएको थियो ।

चिकित्सकले आफ्नो दायित्व पूरा नगरी गलत प्रतिवेदन दिएर अख्तियारको दुरुपयोग गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतले दुवैलाई ६ महिना कैद र २५ हजार जरिवाना गर्ने फैसला गरेको थियो । त्यसविरुद्ध डा.गोईतले सर्वोच्चमा पुनरावेदन गरेकी थिइन् । सर्वोच्चले विशेषको फैसला आंशिक मात्र उल्टाएको छ ।

सर्वोच्चले ३ महिना कैद र २० हजार जरिवाना गर्ने फैसला सुनायो । कैद र जरिवाना घटाए पनि सर्वोच्चले चिकित्सकको रूपमा गर्नुपर्ने दायित्व पूरा नगरेकाले भ्रष्टाचार मुद्दाबाट उन्मुक्ति नपाउने व्याख्या गरेको छ ।  यो व्याख्यासँगै अब सरकारी अस्पतालका चिकित्सकले लापरबाही गरेमा भ्रष्टाचार मुद्दा लाग्ने नजिर बस्ने भएको छ । 

चिकित्सकहरूमा विशेषज्ञले गर्ने जस्तो विशिष्टता र गुणस्तर नदेखिनु स्वाभाविक रहेको भन्दै चिकित्सा–कानुनी सेवा प्रदान गर्ने संस्थागत व्यवस्था तथा सम्बन्धित चिकित्सकहरूको क्षमता अभिवृद्धि गर्ने सम्बन्धमा राज्य संयन्त्रको ध्यान जान जरुरी रहेको फैसलामा भनिएको छ । 

चिकित्सा–कानुनी क्षेत्रको सुदृढीकरण तथा त्यस सम्बन्धमा विज्ञ जनशक्ति उत्पादन गर्ने विषय राज्यको नीतिगत तथा संरचनागत जिम्मेवारीसँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको भन्दै सर्वोच्चले विशेषज्ञको बकपत्र समेतबाट राज्यले चिकित्सा–कानुनी क्षेत्रको उपेक्षा गरेको भन्ने देखिन आएको फैसलामा भनिएको छ । 

चिकित्सा–कानुनी क्षेत्रको विकासका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समन्वयात्मक भूमिका निर्वाह गरी कार्य गर्नु भनी नेपाल मेडिकल काउन्सिल तथा चिकित्सा शिक्षा आयोगको नाउँमा सर्वोच्चले पाँच बुँदे आदेश गरेको छ। 

त्यस्तै, सर्वोच्चले चिकित्सा शिक्षाको पाठ्यक्रममा चिकित्सा–कानुनी र विधि विज्ञान सम्बन्धी अध्यापनको विषय पाठ्यक्रममा समावेश गर्नेसहितको पाँच बुँदे निर्देशनात्मक आदेश समेत जारी गरेको छ । 

Ncell 2
Ncell 2
nimb
nimb

यस्ता छन् निर्देशनात्मक आदेश :

१) भविष्यमा फौजदारी न्याय प्रणालीसँग सम्बन्धित चिकित्सा–कानुनी परीक्षण तथा प्रतिवेदनको विश्वसनीयता, गुणस्तर र एकरूपता सुनिश्चित गर्नलाई मूलतः स्वास्थ्य मन्त्रालय अन्तर्गत संस्थागत रूपमा विकास, सुदृढीकरण र व्यवस्थापन गर्नु,

२) चिकित्सा शिक्षाको पाठ्यक्रममा चिकित्सा–कानुनी तथा विधि विज्ञानसम्बन्धी विषयवस्तुलाई विकसित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन र प्रचलनका आधारमा आवश्यकताअनुसार समावेश गरी परिमार्जन गर्ने तथा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने व्यवस्था मिलाउनु,

३ ) चिकित्सा–कानुनी तथा विधि विज्ञानसम्बन्धी आवश्यक विशेषज्ञ जनशक्ति उत्पादन, विकास (विशेष तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रम) तथा व्यवस्थापन गरी सरकारी अस्पताल तथा आवश्यक स्वास्थ्य संस्थाहरूमा क्रमशः छुट्टै संरचनाको स्थापना, सुदृढीकरण तथा सञ्चालन गर्ने व्यवस्था गरी त्यसको लागि कानुनी व्यवस्था, संस्थागत संरचना, आवश्यक बजेट, मानवीय श्रोत, त्यसको कार्यान्वयन र अनुगमन समेतको प्रबन्ध मिलाउनु,

Xtrem

Xtrem

४) यौनजन्य अपराधबाट पीडित व्यक्तिको मूलतः हाइमन तथा अन्य शारीरिक परीक्षण गर्दा प्रचलित कानुन, चिकित्सकीय आचारसंहिता तथा सूचित सहमतिको सिद्धान्तअनुरूप परीक्षणको उद्देश्यसँग प्रत्यक्ष सम्बन्धित, वैज्ञानिक रूपमा आवश्यक र औचित्य पुष्टि भएका परीक्षणहरू मात्र अवलम्बन गरी प्रासंगिक र पीडितको गरिमामा प्रतिकूल असर नपर्ने गरी परीक्षण वा प्रक्रिया अवलम्बन गर्ने व्यवस्था मिलाउनु,

(५) चिकित्सा – कानुनी परीक्षण, प्रमाण संकलन, अभिलेखीकरण, प्रतिवेदन तयारी, संरक्षण तथा अदालतमा विशेषज्ञ साक्षी प्रस्तुत गर्ने प्रक्रियासम्बन्धी आवश्यक स्टान्डर्स अपरेसन प्रोसिडियर तथा  प्रोटोकल तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तथा समयानुकूल पुनरावलोकन गर्ने व्यवस्था मिलाउनु ।

 

प्रकाशित मिति: शनिबार, भदौ ६, २०८३  १३:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपतिसमक्ष आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज
एआई अनुवाद सुविधासहितको हनर च्वाइस टी१० नेपालमा सार्वजनिक, मूल्य १६ हजार ४९९ रुपैयाँदेखि सुरु
सम्बन्धित सामग्री
क्याम्पस प्रमुखमाथि अनियमितता गरेको आरोप, विद्यार्थीहरु आन्दोलनमा राजनीतिक खिचातानी र आन्तरीक विवादका कारण क्याम्पसको दैनिक पठनपाठन मात्र नभई, प्रशासनिक र परीक्षाहरु पनि नराम्ररी प्रभावित भइरहेको वि... बिहीबार, असोज १५, २०८३
हिमलुङ हिम पहिरोमा परेका थप चार जनाको शव फेला, खोज तथा उद्धार कार्य जारी नेपाल राष्ट्रिय पर्वतीय पथप्रदर्शक संघ (एनएनएमजीए)का अनुसार हिमलुङ हिम पहिरो क्षेत्रमा आज उद्धार तथा खोजीका क्रममा चार जनाको शव भेटि... बिहीबार, असोज १५, २०८३
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय कथा ‘आहत उजेलीहरु’लाई असोज १८ गते साँझ ५ बजे बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन गर्न लागिएको हो । बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
राष्ट्रपतिसमक्ष आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश बिहीबार, असोज १५, २०८३
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज बिहीबार, असोज १५, २०८३
एआई अनुवाद सुविधासहितको हनर च्वाइस टी१० नेपालमा सार्वजनिक, मूल्य १६ हजार ४९९ रुपैयाँदेखि सुरु बिहीबार, असोज १५, २०८३
क्याम्पस प्रमुखमाथि अनियमितता गरेको आरोप, विद्यार्थीहरु आन्दोलनमा बिहीबार, असोज १५, २०८३
फिजी भ्रमणमा जाँदै परराष्ट्रमन्त्री खनाल बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्