काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रिक्त रहेका केही पदाधिकारी तथा विभागीय जिम्मेवारीमा पदपूर्ति गरेको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले पार्टीका विभिन्न पदमा मनोनयन तथा जिम्मेवारी बाँडफाँट गरेको हो।
बैठकले डा. मनोहर प्रधानलाई कोषाध्यक्ष, बसुमाया तामाङलाई सहकोषाध्यक्ष, पुरुषोत्तम यादवलाई सहमहामन्त्री, पूर्वमन्त्री जगदीश खरेललाई प्रवक्ता तथा नमिता यादव र सुरेन्द्र चौधरीलाई सहप्रवक्तामा मनोनीत गरेको छ।
यद्यपि पार्टीमा एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्रीको पद भने अझै रिक्त रहेको छ।
त्यस्तै, रास्वपाले विभिन्न विभागको नेतृत्वसमेत तोकेको छ। संगठन विभागको प्रमुखमा प्रमोद न्यौपाने, सार्वजनिक सेवा तथा जनगुनासो विभागमा विजय जैरू, जनस्वास्थ्य विभागमा डा. तोसिमा कार्की, पूर्वाधार विभागमा निशा डाँगी, अन्तर्राष्ट्रिय तथा कूटनीति विभागमा शिशिर खनाल र अर्थ विभागमा लिमा अधिकारीलाई जिम्मेवारी दिइएको छ।
बैठकबाट केही व्यक्तिलाई केन्द्रीय सदस्यमा समेत मनोनीत गरिएको छ। भुपदेव शाह, सुधन गुरुङ, सुनिल लम्साल, प्रतिभा रावल, पुरुषोत्तम यादव, बसुमाया तामाङ, सुरेन्द्र चौधरी, भक्तबहादुर राई र डा. मनोहर प्रधान केन्द्रीय सदस्यमा मनोनीत भएका छन्।
रास्वपामा मनोनीत पदाधिकारी
सहमहामन्त्री : पुरुषोत्तम यादव
कोषाध्यक्ष : डा. मनोहर प्रधान
सहकोषाध्यक्ष : बसुमाया तामाङ
प्रवक्ता : जगदीश खरेल
सहप्रवक्ता : नमिता यादव र सुरेन्द्र चौधरी
विभाग प्रमुख
संगठन : प्रमोद न्यौपाने
सार्वजनिक सेवा तथा जनगुनासो : विजय जैरू
जनस्वास्थ्य : डा. तोसिमा कार्की
पूर्वाधार : निशा डाँगी
अन्तर्राष्ट्रिय तथा कूटनीति : शिशिर खनाल
अर्थ : लिमा अधिकारी
मनोनीत केन्द्रीय सदस्य
भुपदेव शाह, सुधन गुरुङ, सुनिल लम्साल, प्रतिभा रावल, पुरुषोत्तम यादव, बसुमाया तामाङ, सुरेन्द्र चौधरी, भक्तबहादुर राई र डा. मनोहर प्रधान।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।