जाजरकोट– जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मा डोग्रा खोलामा आएको बाढीले दुई जनालाई बगाएपछि उनीहरू बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा ३९ वर्षीया रचना थापा र ६४ वर्षीय देवबहादुर सिंह रहेका छन्। प्रहरीका अनुसार थापालाई बुधबार साँझ गोठबाट घर फर्कने क्रममा डोग्रा खोलामा आएको बाढीले बगाएको थियो।
त्यस्तै, सिंह शुक्रबार बिहान डोग्रा खोलामा आएको बाढीमा परेर बेपत्ता भएका हुन्। बाढीले स्थानीय क्षेत्रमा रहेका आठदेखि १० वटा पानीघट्टसमेत बगाएको प्रहरीले जनाएको छ।
बेपत्ता दुवै जनाको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले जानकारी दिए।
लगातार भइरहेको वर्षाका कारण खोलामा पानीको बहाव बढ्नुका साथै खोजी तथा उद्धार कार्यमा समेत कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।