• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २३, २०८२ Sun, Nov 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

१ अर्ब ३७ करोड भ्रष्टाचार गर्ने व्यापारिक घरानाको जग्गा फुकुवा गर्न सर्वोच्चको पटक-पटक अन्तरिम आदेश

64x64
नेपाल लाइभ बुधबार, कात्तिक ७, २०७५  १४:०५
1140x725

काठमाडौं– भ्रष्टाचार अभियोगको मुद्दा चलिरहँदा रोक्का रहेको सम्पत्ति अन्तिम फैसला नआएसम्म बिक्री वितरण वा लिलामी गर्न पाइँदैन। तर, सर्वोच्च अदालतमा विचाराधीन एक मुद्दामा भने सोही अदालतले पटकपटक यस्तो जग्गाको रोक्का खोल्न अन्तरिम आदेश जारी गरेको रहस्य खुलेको छ। २०७४ सालदेखि सर्वोच्चमा विचाराधीन मुद्दालाई प्रभावित गर्नेगरी एक न्यायाधीशको इजलासले दुई पटकसम्म अन्तरिम आदेश जारी गरेका छन्।

_x000D_ _x000D_

विराटनगरको प्रतिष्ठित व्यापारिक घराना ‘मंगतुराम अग्रवाल समूह’को नेपाल बैंक ठगी प्रकरणमा सर्वोच्चको एकल इजलासले पटकपटक अन्तरिम आदेश जारी गरेको हो। अग्रवाल समूहको निवेदनमाथि एक पक्षीय सुनुवाइकै आधारमा अन्तरिम आदेश जारी भएको खुलेको हो। आफूले गरेको भ्रष्टाचारबाट रोक्का रहेको अर्बौंको सम्पत्ति फुत्काउन उक्त समूह अदालतलाई समेत गुमराहमा राख्न सफल भएको छ।

_x000D_ _x000D_

यस्तो थियो मुद्दा
_x000D_ नेपाल बैंकबाट कमसल धितोमा अत्यधिक ऋण लिई भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले २०६८ बैसाख ९ गते ६ व्यापारीसहितका कर्मचारीलाई जरिवाना र कैद सजाय सुनाएको थियो। कानुनी प्रक्रिया मिचेर उक्त समूहलाई ऋण दिने बैंकका तत्कालीन ४ कर्मचारीलाई पनि ६ महिनाको कैद सजाय सुनाइयो। व्यापारीहरू सुबोधकुमार अग्रवाल, सुरेशकुमार अग्रवाल, कृष्णकुमार अग्रवाल, नारायण अग्रवाल, दामोदर अग्रवाल र मंगतुराम अग्रवाललाई एक वर्ष कैद सजाय र साँवा तथा ब्याज गरी एक अर्ब ३७ करोड ७१ लाख ८३ हजार रुपैयाँ बिगो तिर्नुपर्ने विशेषले फैसला गरेको थियो।
_x000D_  
_x000D_ उक्त निर्णयलाई चुनौती दिँदै अग्रवाल समूह २०७४ भदौ १६ मा सर्वोच्च पुग्यो। तर भ्रष्टाचारमा कारबाही चलिरहेकै अवस्थामा सर्वोच्चकै एकल इजलासबाट दुई पटक अन्तरिम आदेश जारी भएको छ।

_x000D_ _x000D_

विशेष अदालतबाट भ्रष्टाचारमा दोषी ठहर भई सर्वोच्चमा विचाराधीन रहेको अवस्थामा पहिलो पटक २०७४ भदौ १९ गते न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले अन्तरिम आदेश जारी गरेको थियो। उक्त आदेशमा भ्रष्टाचारको मुद्दा अन्तिम सुनुवाइको क्रममा रहेकाले जग्गा रोक्का नराख्न भनिएको छ। आदेशपछि अग्रवाल समूहले मालपोत कार्यालयमा उक्त जग्गा बिक्रीका लागि निवेदन दिएको थियो। 

_x000D_ _x000D_

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो कुराको जानकारी पाएलगत्तै सर्वोच्चमा अन्तरिम आदेश खारेजीको निवेदन दियो। अख्तियारको निवेदनमा सर्वोच्चको संयुक्त इजलासले यसअघि जारी भएको अन्तरिम आदेश खारेज गर्ने निर्णय सुनायो। सर्वोच्चको उक्त आदेशपछि भने उनीहरुको जग्गा फुकुवा गर्ने चलखेल रोकिएको थियो।

_x000D_ _x000D_

त्यसको एक वर्षपछि सर्वोच्चले उक्त जग्गाको रोक्का फुकुवा गर्न पुन: अन्तरिम आदेश जारी गरेको छ। २०७५ असोज १९ गते न्यायाधीश दीपकराज जोशीको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो।

_x000D_ _x000D_

अख्तियारले उक्त प्रकरण सर्वोच्चमा फैसलाको क्रममा रहेको भन्दै उच्च अदालत विराटनगर र ऋण असुली न्यायाधीकरणमा पहिलो पटक निवेदन दर्ता गरेपछि सर्वोच्चको संयुक्त इजलासले खारेज गरिदिएको थियो। उक्त आदेश भएको ८ महिनापछि पुन: सर्वोच्चमा निवेदन दायर गर्दै अन्तरिम आदेश जारी भएको छ।  

_x000D_ _x000D_

विशेषको फैसलापछि अख्तियारले व्यापारिक घराना ‘मंगतुराम अग्रवाल समूह’ को एक अर्ब ३७ करोड रुपैयाँ बराबरको सम्पत्ति रोक्का गरेको थियो।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

यो समूह भ्रष्टाचारको तथ्य, ऋण असुली न्यायाधीकरणको कारबाही र उच्च अदालत विराटनगरको फैसलासमेत लुकाएर दिएको रिट निवेदनका आधारमा जग्गा फुकुवा आदेश भएको दाबीसहित अख्तियार सर्वोच्चमा पुगेको थियो।

_x000D_ _x000D_

एउटै विषयमा पटकपटक अन्तरिम जारी नहुने भए पनि निवेदकले अदालतमा मुद्दा विचाराधीन रहेको जानकारीबिनै निवेदन दर्ता गरेर यसअघि अन्तरिम आदेश लिएका थिए। यस पटक भने डाँक लिलामी हुन लागेको भन्दै अन्तरिम आदेश लिएका छन्।

_x000D_ _x000D_

२०७४ भदौ १९ गते सर्वोच्चका न्यायाधीश केसीको एकल इजलासले मालपोत कार्यालय सुनसरीले गरेको जग्गा रोक्काको निर्णय रोकेपछि अग्रवाल समूहको सम्पत्ति फुकुवा भएको थियो। यो समूहले वाणिज्य बैंकबाट ऋण लिँदा भ्रष्टाचार भएको तथ्य, ऋण असुली कारबाही प्रक्रिया र उच्च अदालत विराटनगरको फैसला लुकाएर सर्वोच्चमा रिट दिएको दाबीसहित अख्तियारको निवेदन परेको थियो। त्यही आधारमा संयुक्त इजलासबाट जग्गा रोक्काको कारबाहीको पक्षमा आदेश भएको थियो।

_x000D_ _x000D_

यस्तो छ विगत
_x000D_ यो समूह कुनै बेला विराटनगर क्षेत्रको प्रख्यात व्यापारिक घराना हो। अग्रवाल समूहले विभिन्न व्यक्तिको जग्गा धितो राखी नेपाल बैंकबाट ऋण लिँदा एक अर्ब ३७ करोड ७१ लाख ८३ हजार २ सय ३१ रुपैयाँ ५४ पैसा भ्रष्टाचार भएको दाबीसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। 

_x000D_ _x000D_

कर्मचारीसँगको मिलेमतोमा कमसल जग्गा धितो राखेको तथा व्यापारिक प्रयोजनका लागि लिएको ऋण अर्कै प्रयोजनमा प्रयोग गरेको फेला परेपछि भ्रष्टाचार मुद्दा चलेको थियो। उक्त मुद्दामा अख्तियारको दाबीलाई सदर गर्दै मंगतुराम सहितका व्यापारी र बैंक कर्मचारीबाट हिनामिनाको रकम असुल गरी (सावाँ ब्याजसहित) बैंकलाई भराउन र एक वर्ष कैद हुने विशेष अदालतबाट फैसला भएको थियो।

_x000D_ _x000D_

फैसलाविरुद्ध अहिले सर्वोच्चमा अग्रवाल समूह र अख्तियारको दोहोरो पुनरावेदन फैसलाको क्रममा छ। यहीबीच ऋण असुली न्यायाधीकरणमा परेको मुद्दामा तेस्रोपल्टसम्म ताकेता गर्दासमेत ऋण भुक्तान नगरेको भन्दै एक अर्ब रुपैयाँभन्दा बढी सम्पत्ति लिलामीको सूचना जारी गर्‍यो। न्यायाधीकरणबाट सुनसरीको टंकीसिनवारीको कित्ता नम्बर १५० र १५२ लगायतको अचल सम्पत्ति लिलामी भएका थिए। त्यसपछि अग्रवाल समूहले तत्कालका लागि ५० लाख रुपैयाँ तिरेर बाँकी दुई महिनाभित्र चुक्ता गर्ने ‘नेगोसिएसन’पछि पुनः न्यायाधीकरणबाट बैंक कारबाही रोकिएको थियो।

_x000D_ _x000D_

तीन पटकसम्म भाका दिँदासमेत रकम चुक्ता नभएपछि न्यायाधीकरणले फेरि अर्कोपल्ट धितो लिलामको सूचना जारी ग‍रेको छ। न्यायाधीकरणको निर्णयविरुद्ध अग्रवाल समूहले उच्च अदालत विराटनगरमा रिट दियो। उच्चबाट उक्त रिटसमेत खारेज भइसकेको अवस्थामा सर्वोच्चमा सबै तथ्य गुमराहामा राखेर अन्तरिम लिएको अख्तियारको तर्कपछि सर्वोच्चले अन्तरिम खारेज गर्दै भ्रष्टाचारको मुद्दा किनारा नभई रोक्का सम्पत्ति खोल्न नमिल्ने आदेश गरेको थियो।

_x000D_ _x000D_

भ्रष्टाचार ठहर हुनेगरी विशेष अदालतबाट भएको फैसला र त्यसउपर सर्वोच्चमा पुनरावेदन परेको तथ्य निवेदनमा स्पष्ट नखुलाएको अवस्थामा रोक्का रहेको जग्गा फुकुवा गर्न नमिल्ने भन्ने आधारमा अघिल्लो अन्तरिम आदेश खारेज भएको थियो। सर्वोच्चबाट भ्रष्टाचारको अन्तिम फैसला नहुन्जेल जग्गा रोक्का हुनुपर्नेछ। तर त्यसलाई बिक्री गरी ऋण नतिर्ने चलखेलका लागि दायर भएको निवेदनमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो।  

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०७५  १४:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दल दर्ताका लागि आयोग पुगे नेपाली कम्युनिस्ट पार्टीका नेता
सरकारी बन्दका कारण अमेरिकी एयरलाइन्सका दुई हजार ५०० भन्दा बढी उडान रद्द, यात्रुहरू समस्यामा
सेयर बजारमा भारी गिरावट, नेप्से घट्यो ३० अंक
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दल दर्ताका लागि आयोग पुगे नेपाली कम्युनिस्ट पार्टीका नेता आइतबार, कात्तिक २३, २०८२
सरकारी बन्दका कारण अमेरिकी एयरलाइन्सका दुई हजार ५०० भन्दा बढी उडान रद्द, यात्रुहरू समस्यामा आइतबार, कात्तिक २३, २०८२
सेयर बजारमा भारी गिरावट, नेप्से घट्यो ३० अंक आइतबार, कात्तिक २३, २०८२
सरकारले शिक्षक संघ संगठनलाई मान्यता नदिने,दलीय गतिविधिमा संलग्न भए बर्खास्त गर्ने पुनको चेतावनी आइतबार, कात्तिक २३, २०८२
राष्ट्रिय सभा बैठकका लागि व्यवस्थापन गरिँदै ३० लाखमा हल आइतबार, कात्तिक २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
पूर्वमन्त्री आफताव आलमको मृत्यु शनिबार, कात्तिक २२, २०८२
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्रीले दिए राजीनामा शनिबार, कात्तिक २२, २०८२
घनश्याम भुसाल बने एकीकृत समाजवादीको संयोजक आइतबार, कात्तिक २३, २०८२
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार, कात्तिक २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्