वीरगञ्ज– बाराको जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घटनाका आरोपितलाई कडा कारबाहीको माग गर्दै वीरगञ्जमा विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन्।
शुक्रबार विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीहरूले वीरगञ्जमा विरोध र्याली निकाल्दै दोषीलाई कानुनअनुसार कडा सजाय दिन माग गरेका हुन्।
प्रदर्शनकारीहरूले ‘गरिमालाई न्याय दे’, ‘दोषीलाई फाँसी दे’ लगायतका नारा लगाउँदै घटनाप्रति आक्रोश व्यक्त गरेका थिए।
विद्यार्थीहरूले बालिकामाथि भएको जघन्य अपराधले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको भन्दै यस्ता घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।